व्यापार

इतिहास तोड्दै यो वर्ष १ खर्ब ८ अर्बको धान उत्पादन हुने

बिहिबार, ०९ कार्तिक २०७४ गते मा प्रकाशित

dhan

काठमाडौं । यो वर्ष १ खर्ब ८ अर्ब रुपैयाँ बराबरको धान उत्पादन हुने भएको छ । गत वर्षभन्दा ४ अर्ब रुपैयाँ धेरैको धान फलेको हो ।

अहिलेसम्मको इतिहास तोड्दै यो वर्ष सबैभन्दा धेरै धान उत्पादन हुने कृषि विकास मन्त्रालयले अनुमान गरेको छ । आर्थिक वर्ष २०७३र०७४ मा १ खर्ब ४ अर्ब रुपैयाँ बराबरको धान उत्पादन भएको थियो । चालु आर्थिक वर्ष २०७४-०७५ मा अहिलेसम्मको रेकर्ड तोडेर करिब ५४ लाख टन धान फल्ने मन्त्रालयले प्रक्षेपण गरेको छ । गत वर्षको तुलनामा १ लाख ७० हजार टन उत्पादन बढ्ने छ । गत आर्थिक वर्ष ५२ लाख ३० हजार टन धान फलेको थियो ।

नागरिक