समाचार

भिडियो

कान्तिपुर छाडे पनि सविना कार्कीको स्वर र कार्यक्रम यसरी सुन्न सकिन्छ

आइतबार, २९ असोज २०७४ गते मा प्रकाशित

22547698_2129788563713494_1843737317_n

काठमाडौं । चर्चित रेडियो प्रस्तोता सविना कार्की कान्तिपुर एफएमबाट प्रसारित ‘यो माया भन्ने चीज यस्तै हो ’ भन्ने कार्यक्रम चलाएर धेरै श्रोताहरुको मनमा बस्न सफल भएकी व्यक्ति हुन् । उनले कान्तिपुर एफएममा १५ वर्षसम्म काम गरेकी थिइन् । तर उनी अहिले त्यहाँ आबद्ध छैनन् । उनी अहिले पोडकास्ट प्रविधी मार्फत स्रोतासमक्ष पुगिरहेकी छन् ।

इन्टरनेट तथा अनलाइन मिडियाका कारण रेडियो चल्न छाडेको उनको अनुभव छ । तर पनि पोडकास्ट प्रविधी मार्फत श्रोताले सविना कार्कीका आवाज र कार्यक्रम सुन्न सक्ने छन् ।

एनआरएनएको सम्मेलन नेपालमा भएकोमा अत्यन्त खुशी भएको बताउने रेडियो प्रस्तोता कार्की एनआरएनएमा देशप्रति अगाध माया रहेको आफूले पाएको बताउँछिन् । जहाँ बसेता पनि माटोको माया धेरै लागेका मानिसहरु नेपालमा आएको र त्यसमा सहभागी हुन पाउँदा आफूलाई खुसी लागेको उनी बताउँछिन् ।

जो सक्षम छ उसैले जित्छ
कसैको समर्थनमा खुल्ला प्रचारप्रसारमा नलागेकी सविना कार्की सक्षम व्यक्तिले जित्नुपर्नेमा जोड दिन्छिन् । ‘जसले विदेशमा बस्ने नेपालीका लागि धेरै काम गर्नसक्छ उसैलाई भोट दिँदा राम्रो,’ उनले भनेकी छन् ।