अपराध सुरक्षा

भिडियो

प्रचण्ड र गगन थापाको आडमा कसरी एक निर्दोषलाई दुःख दिइयो नेपालमा ? यो पढौं (भिडियोसहित)

शनिबार, २८ असोज २०७४ गते मा प्रकाशित

harsimranjeet-singh-nepalaaja

काठमाडौं । राजनीतिक पार्टी र नेताहरुसँगको सम्बन्धलाई दुरुपयोग गरेर एक संदीग्ध व्यक्ति अंगद सिंहले कसरी एक निर्दोषलाई दुःख दिए भन्ने खुलासा भएको छ । नेपालमा व्यवसाय गर्दै आएका भारतीय नागरिक हर्सिम्रन सिंह (२६)लाई अंगद सिंह नामका शंकास्पद नेपाली नागरिकले प्रचण्ड र गगन थापासँगको सम्बन्ध दुरुपयोग गरेर थुनाउनेदेखि मुद्धा लगाउनेसम्मको हर्कत गरेका छन् ।

अंगदले काठमाडौं प्रहरीलाई प्रभावमा पारेर ललितपुर निवासी हर्सिम्रनलाई पक्राउ गर्न लगाए । ललितपुर प्रहरीले हर्सिम्रनलाई पक्राउ गर्यो । अंगद आफ्नै गाडीमा प्रहरी बोकेर हर्सिम्रनको घर पुगेका थिए । नेपालमै जन्मि हुर्किगरेका हर्सिम्रनले अंगदकी पत्नीले ‘विवाहको छ महिनामै बच्चा जन्माएको’ भन्ने शब्द फेसबुकमा लेखेको भन्ने आरोप सुरुमा प्रहरीले लगाएको थियो ।

साइबर क्राइम भन्दै हर्सिम्रनलाई पक्राउ गर्न प्रहरी राति १२ बजे उनको घर पुगेको थियो– त्यो पनि गुन्डाशैलीमा । अंगदको गाडी चढेर अंगदसहित उनकाअरु नातेदार र सादा पोशाकमा प्रहरी पुगेका थिए । उनलाई पक्राउ गरेपछि ललितपुर प्रहरीले काठमाडौं प्रहरीलाई जिम्मा लगायो । त्यतिबेलासम्म हर्सिम्रनलाई कसको उजुरीमा किन समातिएको हो भन्ने थाहा थिएन ।

अंगदलको दबाबका कारण काठमाडौंका प्रहरी प्रमुख रवीन्द्र धानुक हर्सिम्रनलाई साइबर अपराधमै मुद्धा दर्ता गर्न चाहन्थे । तर कुनै प्रमाण नजुटेपछि प्रहरी समस्यामा पर्यो । राति १२ बजे पक्राउ गरेर ल्याएको व्यक्तिलाई के मुद्धा दर्ता गर्ने भन्ने । केही अपराध गरेको देखिएन । तर कसरी एक व्यक्तिलाई दुःख दिने भन्ने उपाय खोज्दा हर्सिम्रनविरुद्ध जाँड खाएर होहल्ला गरेको भन्ने झुठो आरोपमा सार्वजनिक मुद्धा लगाइयो ।

राति १२ बजे हर्सिम्रनको घर अगाडि टाटा सफारी लिएर पुग्ने, रक्सी (वल्ड दरबार)खाएर गुन्डागर्दी गर्ने अंगदभएको हर्सिम्रनको दाबी छ । तर प्रहरीले उनीविरुद्ध नै सार्वजनिकअपराधमा मुद्धा दर्ता गर्यो ।

प्रचण्ड, उनका छोरा प्रकाश र गगन थापासँग निकट सम्बन्ध छ भन्ने व्यक्ति अंगद हुन् । गगनलाई आर्थिक सहयोग गर्ने, मन्त्री बनाउने काम आफैले गरेको उनी भन्दै हिँडछन् । प्रचण्डपुत्रसँग पनि सम्बनध छ । अंगदले नेताहरुलाई आर्थिक सहयोग गरेर सम्बन्ध बनाएको चर्चा छ । नत्र उनको कुनै पनि औकात नेताहरुसम्म पुग्दैन ।

त्यही सम्बन्धको दुरुपयोग गरेर अंगदले हर्सिम्रनलाई थुनाउन सफल भए । हर्सिमनलाई प्रमुख जिल्ला अधिकारी नौ दिनसम्म हिरासतमा राख्न प्रहरीलाई अनुमति दियो । २५ हजार धरौटी बुझाएर हर्सिमन अहिले थुनामुक्त भएका छन् ।

 

र याे पनि,

► ‘गगन थापालाई मै हो मन्त्री बनाउने’ भन्दै हिँड्ने नटरवरलाल यिनै हुन

► प्रचण्डको परिवारमा ‘सुरक्षा थ्रेट’ सिर्जना गर्ने संदीग्ध अंगद सिंहको दोहोरो नागरिकता

► प्रकाश दाहाल भन्छन्, 'मलार्इ बाेर्डिङ सञ्चालकले झुक्यायाे'

► आफ्नै छोरा कहाँ पढ्छन् भन्ने थाहा रहेनछ प्रचण्डपुत्र प्रकाश दाहाललाई !

► पजेरो चढेर पढ्न जान्छन् प्रचण्डका डेढ वर्षीय नाति