समाज

‘गगन थापालाई मै हो मन्त्री बनाउने’ भन्दै हिँड्ने नटरवरलाल यिनै हुन्

‘गगन थापालाई मै हो मन्त्री बनाउने’ भन्दै हिँड्ने नटरवरलाल यिनै हुन्

काठमाडौं । काठमाडौंमा रङ–रङका नटरवलालहरुको कुनै कमि छैन । औकात जस्तो भए पनि फूर्ति आकास छुने लगाउन कोही पछि पर्दैन । केही नेताहरुको चाकडी, चाप्लुसी गरेर उनीहरु समिप पुगेका एक यस्तै संदीग्ध नेपाली नागरिक छन् जसले गगन थापा र पुष्पकमल दाहाल प्रचण्डको बद्नामी गर्दै हिँड्छन् । 

भारतको नागरिकता त्यागेर नेपालमा वंशजको नागरिका लिन सफलता पाएका नटरवरलाल हुन् अंगद सिंह ।

राजपा नेपालका केन्द्रीय सदस्य रहेका उनले भन्ने गरेका छन्, –गगन थापा मैले उठ भन्दा उठ्ने र बस भन्दा बस्ने मान्छे हुन् ।
गगन थापालाई मन्त्री बनाउन आफ्नै ठूलो भूमिका रहेको उनी फूर्ति लगाउँदै बताउने गरेका छन् । जहाँ कहिँ पनि आफ्नो औकात देखाउनु पर्यो भने उनले भन्ने गरेका छन्– गगन थापालाई मन्त्री बनाउन हाम्रो भूमिका छ । उनलाई ‘सिन अनसिन’ सहयोग गर्ने हामीले हो । हाम्रै बलमा गगन मन्त्री भएका हुन् ।

कुरा गगन थापामा मात्रै गएर सकिँदैन । उनी भारतीय राजदूतहरुसँग एउटा फोटो खिचेर फेसबुकका भित्तामा टाँस्छन् । र आफू पूर्वभारतीय भएकोले भारतसँग पहुँच छ, नेपालमा प्रधानमन्त्री बनाउने कुरामा पनि मेरो रोल हुन्छ भन्न भ्याउँछन् ।

विवाह, पार्टी वा विशिष्ट समारोहमा वरिष्ठ नेताहरु पुगेको बेला ‘हजुरसँग एउटा फोटो खिचौं है’ भन्दै फोटो खिचाउँछन् । नेताहरुले पनि फोटो खिचौं भन्दा कसैलाई पनि हुन्न भन्दैनन् । त्यसरी खिचिएको तस्बिरलाई फेसबुकमै राखेर मेरो पहुँच यस्तो छ, उस्तो छ भन्दै फूर्ति लगाउने र आफ्नो अभिष्ट पूरा गर्ने कोसिसमा लाग्छन् ।

प्रकाश दाहालका पुत्र आफ्नो स्कुलमा पढ्ने गरेको भन्दै अंगदले ढोल पिटे । जसका कारण प्रचण्ड परिवारमा सुरक्षा चुनौती पनि थपियो ।
यस्तो गर्ने अंगद सिंहले बेला बेलामा आफ्ना समकक्षीहरुलाई भन्ने गरेका छन्, ‘गगनलाई आर्थिक, राजनीतिक सपोर्ट हामीले नै गर्ने हो । एक किशिमले भन्ने हो भने नेपालको राजनीति हामीले नै चलाउने हो ।’

अंगद सिंह तिनै व्यक्ति हुन जसले प्रहरीलाई प्रभावमा पारेर एक २६ वर्षीय हर्सिम्रन सिंहलाई नौ दिनसम्म प्रहरी हिरासतमा राख्न सफल भए । हर्सिम्रनले फेसबुकमा अंगदको श्रीमतीले विवाहको छ महिनामै सन्तान जन्माएको भनेर उनको मानहानी गरेको आरोप अंगदले लगाएका थिए । हर्सिम्रनविरुद्ध साइबर क्राइमको उजुरी लिएर अंगद प्रहरी कहाँ पुगेका थिए ।

तर साइबर अपराध हुने कुनै प्रमाण फेला पार्न नसकेपछि महानगरी प्रहरी परिसरले हर्सिम्रंनलाई दुःख दिनकै निमित्त सार्वजनिक अपराधमा मुद्धा दर्ता गरेका थिए । यो प्रकरणमा परिसरका प्रमुख रवीन्द्र धानुक अंगदको प्रभावमा परेको चर्चा चलेको थियो ।

र याे पनि,