वर्ल्ड

उत्तर कोरियाले अमेरिकालाई भन्यो - अमेरिकामाथि आगोको बर्षा गराएर युद्धको अन्त्य गर्छाैं

बिहिबार, २६ असोज २०७४ गते मा प्रकाशित

north korea

एजेन्सी । उत्तर कोरियाले डोनाल्ड ट्रम्पले युद्ध सुरु गरेका कारण अब नतिजामा अमेरिकाले आगोको वर्षातको सामना गर्नुपर्ने चेतावनी दिएको छ । उत्तर कोरियाका विदेश मन्त्री रि योंग होले एक रुसी न्युज एजेन्सीसँगको कुराकानीमा यस्तो भनेका हुन् ।

उत्तर कोरियाले आणविक तथा क्षेप्यास्त्र कार्यक्रम लगातार चलाइरहँदा अमेरिकासँग उसको तनाव बढ्दै गएको छ । रुसको सरकारी न्युज ऐजेन्सी ताससँगको कुराकानीमा उत्तरका विदेशमन्त्रीले भने, ‘हाम्रो न्युक्लियर प्रोगाम यस क्षेत्रमा शान्ति र सुरक्षाको ग्यारेन्टी छ र यो चर्चाको विषय हुँदैन ।’

उत्तर कोरियाले कयौं मिसाइल परीक्षण पनि गरिसकेको छ । त्यस समय करिब २२ वटा मिसाइल परीक्षण गरेको थियो । जसमा दुईवटा जापानमाथि परीक्षण गरिएको थियो । उत्तर कोरियाले आफ््नो मिसाइल क्षमतालाई अमेरिकामाथि हमलाको लाागि प्रयोग गर्ने कुरा पनि खुलेआम बोल्दै आएको छ ।

योङले थप्दै भने, ‘अमेरिकामा आफ्नो झगडालु र पागलपनले भरिएको बयानले ट्रम्पले युद्धको सुरुवात गरिसके । तर अब अन्तिम युद्ध हामी गर्छौं । शब्दले होइन अमेरिकामाथि आगोको वर्षा गराएर युद्धको अन्त्य गर्छौं ।’

उनले भने, ‘हामी अन्तिम पटक युद्ध गर्न करिब करिब नजिक पुगिसकेका छौं । जसले गर्दा हामी अमेरिकासँगको पावर ब्यालेन्स हासिल गर्छौं । हामी हाम्रो न्युक्लियर वेपन्सलाई लिएर केही पनि कुरा गर्न राजी हुँदैनौ । अब कुराकानीबाट होइन युद्धबाट नै समस्याको समाधान हुन्छ ।’