राजनीति

वाम गठबन्धनले देशलाई स्वाधीन बनाउँछ : ओली

बुधबार, २५ असोज २०७४ गते मा प्रकाशित

KP oli

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई विदेशीको गुलाम नभई स्वाधीन बनाउन वामपन्थीको गठबन्धन भएको बताएका छन् । 

गैर आवासीय नेपाली संघ (एनआरएनए) र प्रवासी नेपाली मञ्च (ओएनएफ) का प्रतिनिधिसँग भक्तपुरको बालकोटस्थित निवासमा भेटघाट गर्दै अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि भएको वाम तालमेलले विभिन्न शक्ति केन्द्रमा भूकम्प पैदा गरेको बताउँदै देशलाई स्वाधीन र समृद्ध बनाउन विदेशमा रहेका नेपालीको साथ पनि आवश्यक रहेकामा जोड दिए । 

उनले आफ्नो पार्टी हिन्दमहासागर जस्तो भएको दाबी गर्दै भने, “सागरमा धमिलो पानी पनि हुन सक्छ, महासागरमा मिसिएपछि त्यो कञ्चन हुन्छ । शाखा नदीको धमिलो र फोहोरलाई महासागरले फिल्टर गरेर सफा बनाउँछ ।” 

भेटमा सहभागी एमालेका नेता माधवकुमार नेपालले वाम तालमेलले देशी विदेशी अतालिएको बताए । “वाम गठबन्धन देशभित्र भएकाको मात्र हो”– नेपालले भने ।