भिडियो

कुरा: युवाको

हामी गरिब रहेसम्म भारतले मात्रै होइन भुटानले पनि हेप्छ: हरिराम रिमाल (भिडियोसहित)

मङ्गलबार, ११ माघ २०७३ गते प्रकाशित
- नेपाल आज (DR)

हामी गरिब रहेसम्म भारतले मात्रै होइन भुटानले पनि हेप्छ: हरिराम रिमाल (भिडियोसहित)

हरिराम रिमाल नयाँ शक्तिका युवा नेता हुन् । विभिन्न नामका राजनीतिक आन्दोलनले जनतालाई अधिकार दिइसकेको र अबको उद्देश्य भन्नु नै आर्थिक समृद्धि हुनु पर्नेमा रिमाल जोड दिन्छन् । नयाँ शक्तिका संयोजक  डा. बाबुराम भट्टराई विगतमा हिंसात्मक बिद्रोहमा लागे पनि अबको बाटो भनेका शान्ति र समृद्धि मात्रै हुन सक्ने उनी बताउँछन् । उनले नेपाल आजसँग भने, ‘रत्नाकर जस्तो डाका बाल्मिकी हुन सक्छन भने बाबुराम शान्ति र समृद्धिको बाटोमा किन हिँड्न सक्दैनन् ? ’

भारत पक्षीय भनेर बाबुराम भट्टराईको आलोचना पनि हुने गरेको छ । तर भारत र नयाँ शक्तिको एजेन्डामै फरक रहेको रिमाल दावी गर्छन् । उनका अनुशार भारत संसदीय व्यवस्थालाई नै परिष्कृत गराउन चाहन्छ । जबकि नयाँ शक्तिले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको वकालत गरिरहेको छ । विधिमा स्थायी सरकारको बाटो बन्द गर्ने अनि बाहिर राजनीतिक स्थायीत्वको कुरा गर्ने कांग्रेस एमाले जस्तो दोहोरो चरित्र देखाउन हुन्न भन्ने विचार रिमाल राख्छन् ।

 

भारत र चीन आर्थिक समृद्धिको बाटोमा लम्किरहेको बेला नेपाल मात्रै गरिब भइरहन नसक्ने उनको मत छ । उनले यसका लागि नयाँ शक्तिले लिएको लाइन ठीक रहेको दाबी गरेका छन् ।