राजनीति

महन्थ ठाकुरले सम्धिलाई महामन्त्री र सम्धिनीलाई सभासद बनाए

शनिबार, ०८ माघ २०७३ गते मा प्रकाशित

mahanta-thakur

माघ ८ । तराई मधेस लोकतान्त्रिक पार्टीका अयक्ष महन्थ ठाकुरले नवलपरासी महाधिवेशनबाट पारित विधानविपरीत सम्धि तथा पूर्वमन्त्री उमाकान्त झालाई महामन्त्रीमा नियुक्त गरेका छन् ।

यसअघि राजनीतिमा संलग्न नै नभएकी सम्धिनी इन्दिरा झालाई संविधानसभा सदस्य हाल सांसद बनाएका अध्यक्ष ठाकुरले सम्धि झालाई शुक्रबार कार्यसम्पादन समितिको बैठकमार्फत पार्टी महामन्त्री घोषणा गरेका हुन् । अध्यक्ष ठाकुरकी छोरीको बिवाह केही वर्षपहिले झाका छोरासँग भएको थियो । –नागरिक दैनिकबाट