राजनीति

जागिर जोगाउन फेरि अर्को खतरनाक संशोधनकालागि प्रचण्डले दिए वचन

शनिबार, ०१ माघ २०७३ गते मा प्रकाशित

Prachanda

माघ–१ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन र स्थानीय तह पुन: संरचना प्रतिवेदन परिमार्जन गर्न दुई कार्यदल बनाउने वचन दिएका छन् । प्रधानमन्त्रीले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सत्तासीन दलबीच शुक्रबार भएको छलफलमा संविधान विधेयक परिमार्जनका लागि अनौपचारिक र स्थानीय तह पुनः संरचना प्रतिवेदन परिमार्जनका लागि औपचारिक रुपमा दुई कार्यदल बनाउने प्रतिबद्धता जनाएका हुन् ।

मोर्चाले परिमार्जनसहित संविधान संशोधन विधेयक पारित नगरेसम्म स्थानीय तहको निर्वाचनमा नजाने अडान राखेपछि प्रधानमन्त्री दाहाल कार्यादल बनाएर समस्या समाधान गर्ने दिशातिर लागेका हुन् । मोर्चाले पुन ःसंरचना आयोगको प्रतिवेदनमा पनि असहमति जनाएको थियो ।

प्रधानमन्त्री दाहालले स्थानीय तह पुन ःसंरचना आयोगको प्रतिवेदन आफूले नबुझी स्थानीय तथा संघीय मामिलामन्त्री हितराज पाण्डेले बुझेको जनाएका हुन् । प्रतिवेदन बुझाउने कार्यक्रममा मात्रै आफ्नो उपस्थिति रहेको उनको भनाइ छ । –नागरिक दैनिकबाट