अपराध सुरक्षा

विमानस्थलबाट ३३ किलो सुनसहित तीन पक्राउ

बिहिबार, २१ पुष २०७३ गते मा प्रकाशित

police

पुस – २१ । झण्डै ३३ किलो सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । दुबईबाट एयर अरेवियाको जहाजमार्फत काठमाडौं ओर्लिएका नेपालगञ्जका गोपालबहादुर शाही, मोरङका दिलबन्धु थापा र जनकपुरका सन्तोष काफ्लेलाई लगेजसहित केन्द्रिय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेको हो । उनीहरुको साथबाट १० तोलाको दरले २ सय ८२ वटा सुनको टुक्रा, १८ वटा सिक्री, १९ वटा औँठी बरामद गरिएको छ । उनीहरुलाई प्रहरी वृत्त गौशालामा राखेर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।