कभर स्टोरी समाचार

एउटै खुट्टाले ३७ जिल्ला साईकल यात्रा गरेका यमलाल भन्छन्–‘अपांग भनेर गाडीबाटै खसालीदिन्थे’ (भिडियोसहित)

एउटै खुट्टाले ३७ जिल्ला साईकल यात्रा गरेका यमलाल भन्छन्–‘अपांग भनेर गाडीबाटै खसालीदिन्थे’ (भिडियोसहित)


म आफैँमा हराएको मान्छे । पूर्वजन्मको पाप लाञ्छना लगाएको मान्छे ।। त्यो समाजले अछुत भनि तल्लो दर्जा दिएको मान्छे । अपांगता भएर समाजसित संर्घष गरेको मान्छे ।।

बालुवाटारस्थित नेशनल कलेजको प्रांगणमा मिठो आवाजमा यी पंक्ति गुञ्जिदा दर्शकहरु एकछिन भावुक बने । त्यहाँ कविता कुनै कविले कविता वाचन गरिरहेका थिएनन् । त्यहाँ थिए एउटै खुट्टाले नेपालको विभिन्न जिल्ला साईकल यात्रा गरेका साईकल यात्री यमलाल रसाइली । उनले कविता हैन होइन, पंक्तिवद्ध रुपमा आफ्नो जीवनको वास्तविक संघर्षको कथा–व्याथा व्यक्त गरिरहेका थिए । उनको कथा सुन्नको लागि उपस्थित थिए, नायक कर्मा श्रेष्ठ, उनीसँगै हिमालयन हिरोको उपनामले चिनिने विनोद शााही । उनलाई कार्यक्रममा निम्त्याएका थिए ‘मैलै देखेको समाज’को अभियानकर्ता ईशान अधिकारीले । उनलाई साथ दिदै थिए नेश्नल कलेजका विद्यार्थीहरुले । शारीरिक रुपमा अशक्त धेरै साथीहरुले भन्ने गर्छन् – ‘समाजले हामीलाई मानसिक रोगी बनाउने भयो, आफ्नै समाज र आफन्तहरुबाट नै पीडित छौँ । त्यसैले हामीलाई यो समाज मन पर्दैन् ।’ कसैको सहानुभूती पाए उनीहरु भावुक भएर यसरी मन खोलिदिन्छन् । अनी, हरेक दिन यस्तो प्रतिक्रियाले हैरान भएको सुनाउछन् – ‘यो त अपांग भयो यसले कसरी गरेर खाला ? आफू त अपांग छ, स्वास्नी कसरी पाल्ला ?’ समाजले भन्थ्यो–‘ यो एकखुट्टे जोगी बनेर हिड्ने भयो’


रसाइलीले पनि समाजबाट कठैबरा ! यसले कुन जन्मको पाप बोक्नुप¥यो भन्ने सहानुभूतीका शब्द सुन्दै वढेका हुन् । यस्तै भनाइले उनको परिवारले बसाई सर्नुप¥यो । अपांग र दलित भएकै कारणले यमलालले धेरै पढ्ने सपना त्याग्नुप¥यो । किनकि, उनी विद्यालय जाँदा अरुसँग छोइने डरले भुइँमा बस्नु पथ्र्यो । साथीहरुले खाजा ल्याउँदा उनीहरुलाई छुनु हुदैन थियो । पानी खाने धारामा उनलाई जान समेत उनलाई निषेध गरिएको थियो । त्यसैले उनले समाजबाट समाजकै मान्छे हूँ भन्ने अनुभव गर्न पाएनन् । उनलाई समाजले बारम्बार भन्थे – ‘यो एकखुट्टे अब चिम्टा बोकेर जोगी बनेर हिड्छ ।’

शारीरिक रुपमा अशक्त भएपनि समाजमा नाम, दाम र ईज्जत कमाउनेहरु धेरै छन् । उनीहरुले समाजको सोचाइलाई जितेर समाजमा उदाहरणीय बनेका मध्ये रसाइली पनि एक हुन् । एउटा खुट्टा नभएपनि उनले साईकलमा ३७ जिल्ला घुमेका छन् । अब, पारा–ओलम्पिकमा भाग लिने योजना बुन्दै छन् । अन्धविस्वासले गर्दा खुट्टा गुम्यो


रसाइली पर्वतको एक निम्न वर्गीय परिवारमा उनको जन्म भयो । खान लाउन धौ–धौ पथ्र्यो । त्यसपछि उनको परिवार बुटवलमा बसाई स¥यो । अहिले उनी कैलाली जिल्लाको लम्कीमा बसोबास गर्छन । रसाइलीको ४ वर्ष नपुग्दै उनको खुट्टा भाचियो । त्यो समयमा गाउँमा अस्पताल जाने र उपचार गर्ने सुविधा थिएन् । गाउँलेहरुले अस्पताल जानुभन्दा पनि धामीझाँक्री गरे ठीक हुने विश्वास राख्थे । काप्रो बाँधे ठीक हुन्छ भन्ने अन्धविश्वास थियो । रसाइलीको परिवारले पनि त्यसै गरे । तर, उनको खुट्टा ठीक भएन । धामीझात्री र काप्रो बाँध्दा ठीक नभएपछि उनलाई सेती अञ्चल अस्पताल पु¥याइयो । अस्पताल पुगेपछि उनको खुट्टा काम नलाग्ने भइसकेको डाक्टरहरुले बताए । त्यसपछि उनको दाहिने खुट्टाको तिघ्रा मुनिको भाग काटियो । त्यसपछि रसाइलीको जीवनले अन्त्यै मोडियो । उनी आफ्नै साथी र परिवारभन्दा फरक भए । सबै राम्रोसँग हिड्न र डुल्न सक्थे । उनलाई गाह्रो थियो । खुट्टाकै कारण उनी साथीहरुभन्दा नितान्त फरक भए । हातमा सीप थियो, अपांग भनेर कसैले काम दिएनन्


रसाइली हिम्मतिला थिए । परिवार छरछिमेक र साथीभाइको सहारामा हुर्किए । युवा उमेरमै नेपाल अपांग संघबाट सिलाईकटाई तालिमसमेत लिए । त्यसपछि समाजबाट उनलाई हेर्ने दृष्टीकोण बदलियो । तर, जीवन सहज भएन । किनकि, उनको शारीरिक अवस्था हेरेर कुनै पनि सिलाइकटाई टेलरले काम दिएन् ।

त्यसपछि कैलालीमै एउटा संस्थाले उनको सीप परीक्षा लियो । त्यसमा उनले सबैलाई उछिने । त्यो नतिजाले उनले प्रशिक्षक बन्ने मौका जुर्यो । प्रशिक्षकको काम पाएपछि उनले घरबाट टाढा कोठा लिएर बस्नुपर्ने भयो । उनी प्रत्येक शुक्रबार परिवार भेट्न गाडी चडेर आउनुपथ्र्यो । गाडी चडेर घर आउँदा उनलाई सधै अफ्ठ्यारो हुन्थ्यो । गाडीका यात्रुहरुले उनलाई नकरात्मक दृष्टीकोणले हेर्थे । यात्रहरु हेराइ र बोलाइले उनलाई आफू कमजोर रहेको महसुस हुन्थ्यो । गाडीबाट खसालिदिएपछि साइकलको यात्रा


रसाइली शुक्रबारको काम सकेर घर फर्किन लागेका थिए । गाडी चड्नै लाग्दा उनलाई गाडीबाट खसालीदिए । त्यसदिनदेखि उनले निर्णय गरे ‘अब अरुको भर पर्दिन, आफैँ आत्मनिर्भर बन्छु । चाहे जुनसुकै मूल्य चुकाउनु किन नपरोस् ।’ उनी भन्छन् – ‘त्यो घटनाले मेरो मन विक्षिप्त नभएको भए, मलाई के गरौँ कसो गराैँ नभएको भए, म अहिले यो ठाउँमा हुने थिइन । जीवन बदल्न त्यो घटनाको मुख्य हात छ ।’ त्यसपछि उनले केही गरेरै छाड्ने प्रतिज्ञा गरे । सुख पाउन दुःखको सुरुवात गर्नुपर्छ भन्ने सोच उनको मनमा पहिलेदेखि नै पलाइसकेको थियो । उनको काकाको साइकल पसल थियो । पसलबाट साईकल लिएर उनले साईकल सिक्न थाले । एक खुटटले साईकल सिक्नु अत्यन्तै गाह्रो थियो । उनले साईकल सिक्न सक्छ भन्नेमा कोही विश्वस्त पनि थिएनन् । ‘कतिचोटी लडेँ । पछारिएँ । धेरै पटक र धेरै ठाउँमा चोट पनि लाग्यो । तर, नसिकी छोड्दिन भन्ने लक्ष्य छाडिनँ । पुरानो दिन सम्झिदै उनी भन्छन्– ‘अरुको कुरा सुनेर, दुःख भयो भनेर साईकल सिक्न छोडेको भए, समाजको नजरमा केही गर्न नसक्ने लाचार सावित हुन्थेँ ।’ विस्तारै–विस्तारै उनले अपत्यारिलो तरिकाले साईकल सिक्दै गए । सक्दैन भन्नेहरु उनले साईकल चलाएको देखेर जिब्रो टोक्न थाले । उनी छोटो समयमा नै ४० किलोमिटर आउजाउ गर्न सक्ने भए । विस्तारै उनको प्रशंसा गर्नेहरु बढ्दै गए ।

 

साईकल चलाउन जान्ने भएपछि उनको आत्मविश्वास बढ्दै गयो । उनमा नेपालको सबै जिल्ला साईकल यात्रा गर्छु भन्ने सनक चड्यो । ‘अपागं अमेरिकी महिलाले सगरमाथा चढेकी थिइन् । नेपाली पुस्कार शाहले विश्व साईकल यात्रा गरेका थिए ।’ उनले थपे – ‘अरु धेरै अपागं साथीहरुले धेरै किसिमका काम गरेका थिए । उनीहरु सक्छन् भने म किन नसक्ने । त्यसैले उनमा आत्मविस्वास पलायो । साईकलमै नेपाल यात्रा गर्छु भन्ने प्रण गरेँ ।’ काठमाडौंमा बिचल्ली र पहिलोपटकको साइकल यात्रा


उनलाई २०५५ सालतिर ललितपुर बालकुमारीमा गार्मेन्टमा काम गर्ने एकजनाले बोलाए । उनी कैलालीदेखि कामकै लागि भनेर बालकुमारी आए । बालकुमारीमा आएपछि ती मान्छेले उनको फोन उठाएनन् । उनी काठमाडौंमा बिचल्ली परे । नत उनीसंग पैसा थियो, न कोही चिनेको मान्छे । त्यो रात त्यतिकै बित्यो । भोलिपल्ट उनी बागबजार गए । त्यहाँ उनले सिलाईकटाई टेलरमा काम गरे । लगातार काम गरेका सात वर्षपछि उनको हातमा साईकल प्राप्त भयो । साईकल पाउने बित्तिकै साईकल यात्रा सुरु गर्ने माहोल बनेन् । अनेक स्रोत जुटाउनु पर्ने भयो । स्रोत जुट्न लामो समय लाग्यो । रसाइलीको वि सं २०५९ साल फागुन २६ गतेबाट साईकल यात्रा सुरु भयो । ‘अपांको चाहना स्थायी शान्तिको कामना’ उनको यात्राको उद्देश्य थियो । यात्राको सुरुवातको क्रममा उनी पश्चिम कञ्चनपुरदेखि पूर्वको काकडभित्तासम्म पुगे । विभिन्न पहाडी जिल्लाहरु हुँदै राजधानी, गोरखा, पोखरा, बेनीसम्मको यात्रा गरे । यात्रा सुरु गरेकै सालमा उनले ३३ वटा जिल्लाको साईकलमै भ्रमण गरे । ३३ जिल्ला यात्रा गर्न २ महिना १८ दिन लागेको बताउछन् । उनको साईकल यात्रा अझैसम्म निरन्तर चलिरहेको छ । अहिलेसम्म ३७ वटा जिला घुमिसकेका बताउछन् । साइकल यात्राले दिएको सम्मान र जीवनको जोखिम


साइकल यात्राको अभियानमा हिँड्दा अत्यन्तै राम्रो प्रतिक्रिया पाएको बताउछन् रसाइली । ‘मेरो छोरो अशक्त छ मेरो घर आईदिनुस्, उसले प्रेरणा पाओस् ।’ भन्ने अभिभावक उनले धेरै जिल्लामा भेटे । उनलाई धेरै ठाउँमा स्वागत गरे । प्रोत्साहन दिए र सम्मान गरे । उनले पनि यात्राको क्रममा धेरै अशक्तहरुलाई चाह्यो भने असम्भव केही छैन भन्ने पाठ सिकाए । रसाइली आफूले आफैँलाई मुर्ख साइकल यात्री भन्न रुचाउछन् । किनकि, यात्राको क्रममा उनी धेरै जोखिमबाट बाँच्न सफल भएका छन् । कयौँपटक मत्युको मुखमा पुगे । तर, हार मानेनन् । आफ्नो लक्ष्यमा बिचलित नभई आफ्नो यात्रालाई निरन्तरता दिइरहे । रसाइलीले साईक्लिङ प्रतियोगितामा भाग लिएर धेरै पुरस्कार पनि जितेका छन् । अहिले पनि नेपालको विभिन्न ठाउँमा साईक्लिङ गर्न पुगिरहेका हुन्छन् । काठमाडौं, धरान, झापा र पोखरामा साईक्लिङको लागि उनी पुगिरहेका हुन्छन् । प्रेमपछिको विवाह


रसाइली अहिले ३७ वर्षको भए । ३१ वर्षको उमेरमा उनको बिवाह भयो । उनी सिलाई सिकाउन दिनहुँ जस्तो जान्थे । शारीरिक रुपमा अशक्त एकजना युवतीसँग प्रेम बस्यो । त्यही प्रेमलाई उनले विवाहमा परिणत गरे । अहिले उनको ७ वर्षका छोरी र ४ वर्षको छोरा छन् । रसाइली योजनाले साईकल यात्री बनेका हैनन् । तर, अहिले उनीसंग योजना र सपना धेरै छ । तर, उनी देशको माहोल र राजनीतिले आफ्नो सपना पूरा नहुने शंका व्यक्त गर्छन । अहिले उनी राराको साईकल यात्रा गर्ने सोचमा छन् । सपना र योजना


रसाइली साईक्लिङ च्याम्पियनसिपमा भाग लिने योजना बनाइरहेको बताउँछन । उनले अहिले पारा–ओलम्पिकमा भाग लिने तयारी गरिरहेको छन् । एक खुट्टा नभएको नेपालीले पारा–ओलम्पिक जितेको रेकर्ड बनाउने उनको धोको छ । उनी भन्छन् – ‘चाहना राख्यो भने असम्भव केही छैन । त्यो सपना एकदिन अवश्य पूरा हुन्छ ।’ यसको लागि राष्ट्रले खेलाडी उत्पादन र खेलाडि पठाउने काम गर्नुपर्छ । रसाइली राष्ट्रिय खेलकुद परिषद्, राजनीति र खेलाडीहरुकै कारणले गर्दा अहिलेसम्म धेरै प्रतिभावान खेलाडीले ओलम्पिक खेल्न नपाएको गुनासो गर्छन । खेलाडीले चाहेर पनि परिषद्ले गर्दा खेल्न नसकेको र अगाडि बड्न नसकेकोे उनको तर्क छ । उनी भन्छन् – ‘खेलाडीहरुले आफ्नो कुरा राख्न पाउँदैनन् । खेलाडीको कुरा सुन्ने र भेट्ने कसैलाई फुर्सद हुन्न । कुन खेलमा कसरी अगाडि बढ्ने र लगानी लगाउने सम्बन्धित निकायको योजना नै छैन ।’ रसाइली आफूले चाहेर धेरै कुरा गर्न नसकेको बताउछन् । आफ्नो पहुँच र स्रोत नपुगेको कारणले धेरै जिल्ला समयमै घुम्न नसकेको महशुस भएको छ उनलाई । पहुँच नभएकै कारणले अहिलेसम्म ओलम्पिकमा जाने वातावरण बन्न नसकेको उनको बुझाई छ । उनी अशक्तहरुलाई हेर्ने समाजको मात्र हैन सरकारको दृष्टीकोणसमेत राम्रो नभएको गुनासो गर्छन । अस्पताल, शौचालय, बैंक, सडक कुनै पनि ठाउँ अपांगमैत्री नभएकोमा उनी खेद व्यक्त गर्छन । समाजले दिएको फरक परिचय


उनको परिचय एक खुट्टाले साईकल चलाएर हिड्ने साईकल यात्रीमा मात्रै सिमित छैन् । उनले गाउँमै सिलाईकटाईसम्बन्धी व्यवासाय सञ्चालन गरेका छन् । सिलाईको तालिम पनि दिन्छन् । आफू मात्रै होइन आफ्नो सिंगो परिवार खुसीसँग पालेका छन् । ‘म कमजोर छु केही गर्न सक्दिन’ भन्नेहरुका अगाडि आट्यो भने असम्भव केही छैन भन्ने उदाहरण बनेका छन् । एक खुट्टाले साईकलको पाउदानी चलाएर । जीवनमा धेरैपटक सामना गरिएको प्रश्न


‘सफल हुनेले हरेक चुनौतीलाई अवसर देख्छ, असफल हुनेले हरेक अवसरलाई चुनौती ।’ यसरी नै रसाइलीले समस्यालाई अवसर देखे । उनी समस्यासँग भागेनन् । जीवनमा चुनौतीहरुको सामाना गर्दै गए । अन्तत आफ्नो लक्ष्यमा सफल भएरै छाडे । ‘एक खुट्टाले साईकल यात्रा कसरी सम्भव भयो ?’ यस्तो प्रश्न उनलाई भेट्नेजति सबैले गर्छन् । उनी फ्याटै भनिदिन्छन् – ‘अभ्यास, सकरात्मक अभ्यासले साहास आउछ, साहास भएपछि सबै काम गर्न सम्भव हुन्छ ।’ उनी विगत सम्झिदै भन्छन् – ‘सुरु–सरुमा साईकल चलाउन सिक्दै गर्दा ‘तँ यो काम गर्न सक्दैनस् । असम्भव कुरा गर्नु त के सोच्नु पनि राम्रो हैन’ भन्नेहरु धेरै थिए । उनी भन्छन्– ‘मेरो निरन्तरको प्रयास र अभ्यासले म सफल भएँ ।’ - सागर बुढाथोकी  

cycle yatri one legged cyclist yam lal rasaili