कभर स्टोरी सफलताको कथा

'हिमालयन हिरो' विनोद शाहीको संर्घषदेखि आत्महत्याको प्रयाससम्म

'हिमालयन हिरो' विनोद शाहीको संर्घषदेखि आत्महत्याको प्रयाससम्म
हिमालयन हिरोको उपनामले प्रसिद्ध विनोद शाही काठमाडौमा प्लस टु पढ्दापढ्दै चटक्कै छोडेर डोल्पाको विकट गाउँमा पुगे । आफ्नो भविष्य बनाउन थाती राखेर डोल्पाली बच्चाहरुको भविष्य बनाउन केन्द्रीत रहे । चित्रकलामा राम्रो दख्खल उनी चित्रकलाको अमेरिका तथा अष्ट्रेलियाको अध्ययन अवसरलाई त्यागेर डोल्पाको विकट बस्तीका बालबालिको भविष्य परिवर्तन गर्न पुगे । जो विगत १२ वर्षदेखि डोल्पाली बच्चाहरुको भविष्यको लागि निरन्तर संर्घष गरिरहेका छन् ।
सुगम काठमाडौं छोडेर दुर्गम डोल्पातिर विनोद काठमाडौंमा जन्मिए, यतै हुर्किए । सामान्य नेवारी परिवारमा जन्मेको हुनाले उनले सरकारी स्कुलबाट नै एसएलसी पास गरे । एसएलसीपछि उनले ललितकला क्याम्पसमा फाइन आर्टमा भर्ना भए । उनी फाइन आर्टसँगै कर्मश पढ्न उनी कलेज पुग्थे । उनको आर्ट शोखको विषय थियो भने कर्मश साथीको लहडमा लागेर भर्ना भएका थिए । युवाअवस्थामा उनी साथीभाइहरुसँग गीत गाउदै कमिक्सभन्दै हिड्थे । सगत राम्रै भएपनि राम्रो काम गर्ने अवसर भने मिलेको थिएन् । चित्रकलामा, म्युजिक, ड्रामा र कमिक्समा पोख्त भएकाले उनको साथी सर्कल ठूलो थियो । उनी यतिमै रमाइरहेका थिए । तर, साथीभाइसँगको रमझमले उनको मनमा कहिल्यै शान्ति छाएन् । उनको मनमा केही राम्रो गर्नुपर्छ भन्ने सोच थियो । ‘जे गरिरा’को छु नराम्रो नभए पनि यसले मलाई खुसी दिदैन भन्ने मनमा लाग्यो ।’ उनले भने – ‘के गर्ने, कसरी गर्ने, म कसरी अरुको सेवा गर्न सक्छु, म कसरी खुसी हुन सक्छु ?’ यस्तै सोचाइमा उनको मन मष्तिक व्यस्त थियो । किनकि उनी बाल्यकालदेखि नै अरुलाई सहयोग गर्ने र समाज सेवा गर्ने रुचाउँथे । नभन्दै उनलाई ढुंगा खोज्दा देउता मिलेजस्तो भयो । त्यही समयमा उनले २ वटा सामाजिक संस्थामा भोलेन्टियर गर्ने अवसर पाए । उनले भोलेन्टियर गरिरहेको संस्थाले डोल्पाको साल्दाङ गाविसको ३ वटा स्कुले बच्चाहरु पढाउन काठमाडौं ल्याएको थियो । उनी त्यही संस्थामा डोल्पाली बच्चाहरु पढाउने टिचर भए । त्यहाँबाट उनको डोल्पाली बालबालिकाहरुप्रति लगाव बढ्यो । ‘डोल्पाली बच्चाहरु काठमाडौंमा गाडी देख्दा पनि अचम्म मानेर हेर्थे, पसलको सामान उनीहरुलाई अनौठो लाग्थ्यो, हरेक चिज नौलो मानेको देख्दा म सोच्न बाध्य हुन्थेँ ।’ उनले भने – ‘नेपाली भाषा राम्रोसँग बुझ्दैनन् । यहाँ आउने बच्चाहरु यस्ता छन्, उही डोल्पामै बसेकाको अवस्था कस्तो होला ?’ उनीहरुको अवस्था बुझ्न बालबालिकाको नजिक हुन्थे । बालबालिकाहरुलाई पढाउदै गएपछि मित्रता पनि बढ्दै गयो । तीनै बालबालिकाबाट उनले डोल्पाको बारेमा धेरै थाहा पाए । डोल्पाको स्कुलमा जम्मा ६ महिना पढाइ हुन्थ्यो । हिउँदमा चिसोले गर्दा ६ महिना स्कुल बन्द हुन्थ्यो । त्यही कारणले ती बालबालिकाहरुलाई पढाउन काठमाडौं ल्याएको थियो । उनले ती बालबालिकालाई नेपाली भाषा पढाउनुका साथै चित्रकला पनि सिकाउन थाले । ६ महिनापछि ती विद्यार्थीहरु डोल्पा जान तयार भए । विद्यार्थीले पनि सँगै जान कर गरे । ‘तपाई हामीसँग डोल्पा हिड्नुस सर ।’ धेरै पटक विद्यार्थीहरुले कर गरेपछि उनले इन्कार गर्न सकेनन् । उनी काठमाडौंमै सामाजिक सेवामा लागेका थिए । काठमाडौंबाट डोल्पा बालबालिका पढाउनको लागि भोलेन्टियर बनेर गए । उनी डोल्पा जान तयार भए । तर, उनको डोल्पाको यात्रा भने त्यति सजिलो थिएन ।
[caption id="attachment_54355" align="alignnone" width="700"] फोटोः सागर बुढाथोकी[/caption]
उनले अभिभावकलाई अमेरिका जान छोडेर डोल्पा जाने निर्णय सुनाए । अभिभावक उनको निर्णयमा सहमत हुन तयार थिएनन् । आफन्तहरु भन्थे – ‘ काठमाडौं छोडेर किन जान्छस् डोल्पा ? यहीपढ्, आफ्नो भविष्य बना ।’ त्यतिबेला उनले भनिदिए –‘म डोल्पा जान खोजेको हैन, डोल्पाले मलाइ खोजेको हो । धेरै बालालिकाहरु शिक्षाको उज्यालोबट बञ्चित छन् ।’ उनको यस्तो ढिपीको अगाडि कसैको केही लागेन् । उनी डोल्पा हानिए ।
[यिनै हुन् स्याउ बाजे जसले पहिलो पटक मुस्ताङमा स्याउ पुर्याएका थिए]

डोल्पाको पहिलो यात्रा डोल्पाको बारेमा धेरै सुने पनि उनी पुगेका थिएनन् । त्यहाँ पुगेपछि हावापानी र अन्य वातावरणले उनको मनम शान्तिको आभास दिलायो । डोल्पा पुग्न प्लेनबाट ओर्लेर ९ दिन हिड्नुपथ्र्यो । काठमाडौंको खाल्डोबाट कहिल्लै ननिस्केका उनलाई त्यो यात्रा जीवनको अविस्मरणिय क्षण बन्यो । डोल्पा पुग्न हजार मिटरभन्दा अग्लो हिमाली बाटो पार गरेर हिड्नुपथ्र्यो । कहिल्यै हिउँमा नहिँडेका उनलाई हिउँले ढाकेको बाटोमा हिड्न निकै गाह्रो भयो । हिउँले गर्दा उनीलगायत साथैमा आएका सातै जना जाडोले कठ्याङिग्रएका थिए । ‘जतिमाथि बड्दै गयो, त्यति नै रिगंटा लाग्ने । जताततै हिउँ नै हिउ । माईनसमा तापक्रम थियो । शरीरको सबै अंग चिसोले चलाउन नसक्ने थियो ।’ उनले थपे –‘सास फेर्न गाह्रो भएको महसुस हुँदै थियो । हिउँको स–सानो खोला तर्दा चिसोले खुट्टामा खाइसकेको थियो ।’ त्यस्तो ठाउमा बाटो भुलेर उनी हिउँमा समेत भासिए । सगै जाने साथीहरु आफू पनि भासिने डरले उनको नजिक परेनन् । हातमा उनले बोकको ठूलो क्यासेट थियो । त्यही टेकेर उनी निस्कन सफल भए । उनी हास्दै भन्छन् – ‘पिके फिल्ममा आमिर खानलाई क्यासेटले बचाएजस्तै मलाई पनि क्यासेटले बचायो ।’ डोल्पा पुग्नुभन्दा अघि धेरै ठाउँमा बास बस्नु पथ्र्यो । उनीहरु कहिल्लै जंगलमा कहिले ओडारमा र कहिले गुफामा बास बस्दै डोल्पा जादै थिए । धेरै जना भएकाले यात्रा रमाइलो थियो । एकदिन उनीहरु हिउँ नै हिउँ भएको ठाउँमा सुत्नु प¥यो । विनोदसँग अरु साथीको जस्तो स्लिपिङ ब्याग गतिलो थिएन् । रातभरी हिउ प¥यो । चिसो हावाले उनको शरीरको हड्डीदेखि नै शिथिल हुदै आएको थियो । चिसोको कारण उनले सास फेर्न, हातहरु चलाउन र बोल्न सकिरहेका थिएनन् । उनले मनमनै त्यो नै अन्तिम रात भन्ने सोचिसकेका थिए । तर, बिहानको मिर्मिरे घामको उज्यालोसँगै उनको बाच्ने आस बढेर आयो । शरीरको चल्न छोडेकोे अंगप्रत्यंग विस्तारै चलमलाउन थाल्यो । ‘अलिकति ढिलो घाम लागेके भए म चिसाले कठ्याङिग्रएर मर्ने थिएँ ।’ उनले त्यो बेलाका अनुभव सुनाए – ‘धन्न चाडो घाम लाग्यो र बचेँ । सानो घामको झुल्कोको महत्व मैलै त्यतिबेर महसुस गरे ’ ९ दिनको पैदल यात्रा गरेर त्यहाँ पुग्दा उनले अनौठो दृश्य देखे । गाउँमा मान्छेहरु थिएनन् । उनले रुख विरुवा केही देखेनन् । खेतीपाती नभएकाले गाउँ उजाड मरुभुमी जस्तै थियो । कुनै कुनै घरबाट धुवा निस्किरहेको देखिन्थ्यो । भर्खरै युद्ध सकिएर शान्त हुन लागेको ठाउँजस्तै देखिन्थ्यो । गाउँमा अलिअलि भेडाच्याङग्राहरु पालेको देखिन्थ्यो । ‘यस्तो ठाउँमा के खाएर बाच्ने होला ।’ उनको मनमा यस्तै सोच आइरहेको थियो ।
[भारतमा भन्दा पहिले नेपालमा कम्पुटर बनाउने बैज्ञानिक, सिंहदरबारले चिन्न नसकेको प्रतिभा]

[caption id="attachment_54357" align="alignleft" width="381"] फोटो साभार : मोतीराम मर्हजन[/caption] ५ घण्टा हिडेर हप्ताको एकदिन पढाई उनी गाउँमा पुग्ने बित्तिकै गाउँलेहरुले स्वागत गरे । चिया रक्सीमा घिउ हालेर दिए । उनीहरुलाई गाउँमा स्वागत गर्ने सँगसँगै नराम्रो मान्ने पनि धेरै थिए । कतिले पढाउन आएको भन्ने ब्त्तििकै हाम्रा छोराछोरी किन पढाउनु ? भने उल्टो प्रश्न गर्थे । पढेर के हुन्छ ? भन्ने सोचाइ धेरै थियो । गाउलेहरुलाई स्थानिय नेताहरुले अनेक कुराहरु सुनाएर गाउँलेलाई भड्काएका थिए । यस्तै सोचाइले गर्दा गाउँमा स्कुल भएपनि राम्रोसँग पढाइ भएको थिएन् । उनी गएको गाउँबाहेक अन्य ठाउँमा स्कुलहरु थिएन् । भाषा तिब्तीयन मूलको भाट प्रयोग हुन्थ्यो । सुरुमा उनलाई डोल्पामा काम गर्न निकै गाह्रो भयो । डोल्पाको केही नेताहरुले उनले गरेको काम देखिसकेनन् । गाउँलेहरुले भड्काएको भनेर गाली गर्थे । ‘मैले फेसबुकमा फोटो पोस्ट गरेपनि गाली गर्थे । मैले काही गएर बोले पनि गाली गर्थे ।’ उनले भने – ‘उनीहरुको सोचाइमा विकास र गाउँको उन्नती–प्रगती केही थिएन् । उनीहरु शिक्षाको विरोधी थिए ।’ उनले शेर्ले दुकर्डा स्कुलमा गएर पढाउन थाले । त्यो गाउँबाहेक अन्य गाउँका बालबालिका शिक्षाबाट बञ्चित थिए । उनी अन्य गाउँमा हप्तामा एकदिन गएर बच्चाहरुलाई पढाउथे । उनले ती गाउँमा आफैँले हिमालयन दरलाराङ स्कुल स्थापना गरे । आफू बसेको ठाउँमा शुक्रबारसम्म पढाउथे । त्यसपछि, ५ घण्टा भन्दा बढि हिडेर शुक्रबार र शनिबार पढाएर फर्कन्थे । त्यसरी नै उनले डोल्पाको धेरै ठाउँमा पढाए । सन् २००८ मा उनले अन्य ठाउँमा पढाउन सुरु गरे । डोल्पामा बन्द भएको स्कुलहरुमा उनी पुगेका हुन्थे । त्यहाँ स्कुल विसं २०३२ सालमा सुरु भएपनि सञ्चालन भएको थिएन । उनले विस्तारै सबै ठाउँका बालबालिकाहरुलाई पढ्ने वातावरण मिलाउदै लगे । त्यहाँ पढाउन शिक्षकहरुको अभाव थियो । त्यो अभावको पुर्ती उनले गर्दै लगे । साथै उनको प्रभावकारिता बढ्दै गयो । हाम्रो छोराछोरीलाई किन पढाउने भनेर भन्ने अभिभावहरुले उनलाई पढाइदिन आग्रह गरे । सन् २०१४ बाट उनी आफैँले स्नो–याक फाउन्डेसन खोलेर अन्य ठाउँमा एकल प्रयासबाट बालबालिकाहरु पढाउन थाले । बालबालिकाहरुलाई कापी कलम उनी आफैँ जुटाउथे । शिक्षकको लागि तलब, लत्ताकपडा र कापी कलमको व्यवस्था गर्न उनलाई अत्यन्तै गाह्रो थियो । उनको स्नो–याक फाउन्डेसनले डोल्पाली बालबालिकाको लागि सहयोग पर्याप्त जुटाउन सकिरहेको थिएन् । उनी विदेशी सहयोग लिदैनन् थिए । त्यसैले उनले काठमाडौंका स्कुले बालबालिकाहरुसँगबाट थोरै रकम उठाएर सहयोग गर्ने योजना बनाए । ‘नेपालीहरुले चाहने हो भने धेरै गर्न सक्छन् ।’ उनी भन्छन्– ‘विदेशी डोनेशन होइन हामी आफैँमा विश्वास गर्छौ ।’ अहिलेसम्म धेरथोर बालबालिका तथा गृहणीहरुबाट सहयोग पाइरहेका छन् ।
६ महिना काठमाडौं ६ महिना डोल्पा ६ महिना डोल्पामा पढाएपछि उनी ६ महिना काठमाडौं आउछन् । काठमाडौंमा उनी डोल्पाली बालबालिकाको लागि कापीकलम जम्मा गर्छन । विभिन्न स्कुल बालबालिका तथा गृहणीहरुसँग सहयोग माग्छन् । ६ महिनासम्ममा प्राप्त भएका सम्पूर्ण समानहरु लत्ताकपडादेखि अन्य कुरा जम्मा गरेर ६ महिनापछि फेरि जान्छन । डोल्पाको १० वटा गाउँको बालबालिकाहरुलाई काठमाडौंको विभिन्न स्कुलमा पढ्ने विद्यार्थीले कापी कलम सहयोग गर्छन । पढाउन राखेका शिक्षकहरुलाई तलब दिन्छन् । डोल्पामा खाद्यान्नको अभाव छ । उनी खानेकुरा काठमाडौंबाट लैजान्छन् । अपुग खानेकुराहरु चाइना बजारबाट किनेर ल्याउछन् । अहिले उनले ६ वटा स्कुलका बालबालिकाहरुलाई पढाइरहेक छन् । वर्षेनी यो क्रम बढ्दै छ । उनको जस्तै अन्य ठाउँको युवाहरुले पढेर आफैँले स्कुल पढाउने पनि धेरै छन् । उनको फाउन्डेसन स्नो–याक फाउन्डेसनले ६ वटा स्कुलमा १४ जना शिक्षक र अन्य बालबालिकालाई रोजगार दिएको छ ।
[caption id="attachment_54358" align="alignright" width="307"] फोटो साभार : मोतीराम मर्हजन[/caption] हिजोको डोल्पा र आजको डोल्पा पहिलाभन्दा अहिले डोल्पामा उनले धेरै परिवर्तन देखेको छन् । पढेर के हुन्छ भन्ने अभिभावकहरुले आफ्नो छोराछोरी पढाउन थालेका छन् । उनी आफैँले पढाएका विद्यार्थीहरु अहिले त्यहि स्कुलमा पढाउन थालेका छन् । उनी जसरी अमेरिका त्यागेर डोल्पा गएर बालबालिकाको सेवा गरिरहेका छन् । त्यस्तै कतिपय युवाहरुले आफ्नै गाउँमा शिक्षाबाट बञ्चित बालबालिकालाई पढाइ रहेका छन् । उनीहरुको लागि प्र्रेरणा र सहयोग उनले प्रदान गरिरहेका छन् । उनको काममा सहयोग गर्न अहिले धेरै डोल्पाली युवाहरु लागिरहेका छन् । त्यहाका अभिभावकले पनि छोराछोरीको भविष्यको जिम्मा उनलाई दिएका छन् । अन्य सरकारी स्कुलबाट उनको सहयोगको लागि आग्रह गरेका छन् । उनी त्यो आग्रह पूरा गर्न दिनरात नभनी लागिरहेका छन् ।
डोल्पाले जीवन बुझ्न सिकायो उनले डोल्पा गएर धेरै कुरा सिकेको बताउछन् । डोल्पालीहरु दिनरात प्रकृतीसँग संर्घष गरेपनि उनले खुसी देखेका छन् । बच्चाहरुले भारी बोक्नु परेपनि रमाएकै छन् । खानको लागि धेरै संर्घष गरेपनि काठमाडौंको मानिसहरुभन्दा त्यहाँ खुसी छन् । उनी पनि काठमार्डौभन्दा डोल्पामा खुसी छन् । त्यहाँ गएपछि उनले जीवनलाई नजिकबाट बुझेको बताउछन् । आफू को हुँ भनेर डोल्पा पुगेर नै चिन्न सकेको उनको तर्क छ । ‘काठमाडौंको मान्छेको जीवन जटिल र बुझ्न नसकिने छ । कोही कहिल्लै पनि सन्तुष्ट र खुसी देखिदैनन् ।’ उनले भने– ‘डोल्पालीहरु साधारण तर संसारकै खुसी छन् । जीवनदेखि सन्तुष्टि छन् ।’
जीवनमा धेरै सम्झौता गरेपनि सन्तुष्ट उनी डोल्पा गएर जीवनमा धेरै सम्झौता गरेपनि सन्तुष्ट छन् । आफ्नो परिवार र करिअर छोडेर त्यहाँ बस्दा धेरै अवसर गुमाए पनि उनलाई त्यसको कुनै पछुतो छैन । घरपरिवार हेर्न नसक्दा कहिलेकाही नरमाइलो लाग्ने गरेको बताउछन् । ‘म बुवाआमालाई बुद्धपछिको पापी मान्छे हुँ भन्छु । किनकि, मेरो कारणले उहाँहरुलाई धेरै दुःख भयो ।’ उनले भने– ‘अस्ती भूकम्पले घर भत्कियो ऋण गरेर बनाउनुप¥यो । मैले साधारण खर्चसमेत दिन सकेको छैन ।’ उनी डोल्पालाई पृथ्वीको लुकेको स्वर्गको रुपमा लिन्छन् । त्यहाँका मानिसहरुलाई उनी एन्जलजस्तै मान्छन् । परिश्रमी, कर्मशिल र अरुको भर नपर्ने डोल्पाली जनताहरुले नै आफ्नो ठाउँको विकास गरेको हेर्न चाहन्छन् उनी । डोल्पाको विकास र समृद्धिको लागि विनोदसँग योजनाहरु पनि धेरै छ । योजना सँगै डोल्पाली समुदायका मानिसहरुको सहयोग भएकाले सपना पूरा हुनेमा विश्वस्त छन् । विनोदलाई हिमालयन हिरो भनेर चिन्नेहरु धेरै छन् । उनी नामले भन्दा पनि कामले हिरो हुनुमा विश्वास गर्छन् । ‘अरुले भनेजस्तै म हिरो होइन । साधारण मान्छे हुँ ।’ उनी भन्छन् – ‘सबै डोल्पालीहरु हिरो हुन् । हामीलाई सहयोग गर्ने सहयोग दाताहरु हिरो हुन् । उहाँहरुको सहयोगबिना म केही हैन ।’
डिप्रेसनको सिकारदेखि आत्महत्याको प्रयाससम्म नेपाली फाउन्डेसनले चलेको संस्था सहयोग जुटाउन उनलाई अत्यन्तै कष्ट थियो । त्यहा काम गर्ने शिक्षकको लागि उनले आफ्नो आमाको सुन बेचेर तलब दिएका थिए । भोको पेट र खाली खल्ती गरेर दिनभर दौडेर रातभर नसुतिकन उनी त्यसको प्रतिवेदन तयार पार्थे । विरामी आमालाई उपचार गर्ने पैसा थिएन् । कानमा भएको सुन समेत उनले त्यतै लगाइसकेका थिए । त्यस्तो अवस्थामा गलत प्रचार हुदाँ उनलाई धेरै तनाव थपियो । सोचेको पूरा नहुने जस्तो आइसकेको थियो । भूकम्पले घर भत्काएको बेला उनी परिवारको साथमा नबसिकन डोल्पाको लागि काम गरेका थिए । त्यस्तो अवस्थामा उनको खुट्टा तान्ने धेरै थिए । हौसला कतैबाट पाएका थिएनन् । दिल ज्यान लगाएर काम गर्दा पनि सुरुवाती दिनमा उनले धेरै नै हण्डर खाए । कति दिन डोल्पाको डाडाँपाखमा गएर एक्लै रोए । राम्रो कामको गलत अर्थ निकालिदाँ डिप्रेसनको सिकार भए । ‘म पुरै फ्रस्टेसनमा पुगिसकेको थिए । आफ्नो सर्वस्व त्यागेर त्यहाँ राम्रो काम गर्न गएको थिए । तर, मेरो कामको गलत प्रचार गरिएको थियो ।’ उनले भावुक हुदै भने –‘ म आत्महत्याको नजिक पुगिसकेको थिएँ । तर, मलाई त्यतिबेला विचार आयो । राम्रो काम गर्नेले विनोद जस्तै आत्महत्या गर्न पुग्छन, भन्ने सन्देश नजाओस् । राम्रो काम गर्ने सफल भएरै छाड्छन् भन्ने देखाउनको लागि आत्महत्याको विचार त्यागेँ ।’ उनको दैनिकी निराशामा बित्दै थियो । आत्महत्या गर्न सकेका थिएनन् । त्यति नै बेला विवेकशिल नेपाली दलका कार्यपालिका प्रमुख पुकार बमले उनलाई फोन गरे । पुकार बमको त्यो फोनले उनको जीवनमा फेरि काम गर्ने हौसला प्रदान ग¥यो । बम के एण्ड के इन्टरनेशनल कलेजमा पनि आवद्ध थिए । ‘चिन्ता नगर विनोद विस्तारै तिम्ले सुरु गरेका काम पूरा हुनेछ । म हाम्रो कलेजमा सोसल वर्क पढ्ने स्टुडेन्टलाई तिम्रो फाउन्डेसनमा ईनटनसिपमा पठाउछु ।’ पुकारको यो शब्दले उनको घाउमा मलम लगायो । उनले भने ‘त्यसपछि मेरो काममा स्वयसेवक बढ्दै गए । सहयोग उठ्दै गयो । शिक्षकहरु बँड्न थालेँ । कामले राम्रो गती लिदै गयो ।’ ‘पुकार बम तथा मलाई माया गर्ने सबैको कारणले मलाई आत्महत्याबाट बचायो ’उनले भने–‘मलाई त्यतीबेला सम्झिने,फोन गर्ने,हौसला प्रदान गर्ने र सहयोग गर्नै सबैको कारणले गर्दा म यो स्थानमा पुग्न सफल भए । म आत्महत्याबाट बच्न सफल भए ।’ उनीसँग अहिले धेरै विद्यार्थीहरु स्वयसेवक भएर काम गर्दैछन् । उनीजस्तै अमेरिका त्यागेर काम गर्ने युवा देख्दा खुसी लाग्ने बताउछन् । शिक्षा फाउन्डेसन, आस्क फाउन्डेसन, गोमा एयर र विदेशमा बस्ने नेपालीको सहयोगले डोल्पाली बच्चाहरुले शिक्षा पाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । विनोद भन्छन् ‘डोल्पाली बालबालिकाले उहाँहरु सबैलाई कहिल्लै बिर्सदैनन् ।’
प्रस्तुति ः सागर बुढाथाेकी

Binod Shahi Dolpa Himalayan Hero Snow-Yak Foundation