मुर्रेलाई हराउँदै जोकोविच कतार ओपन टेनिसको विजेता

पुस–२४ । कतार ओपन टेनिसमा विश्व नम्बर एक बेलायती एण्डी मुर्रेलाई हराउँदै नोवाक जोकोविचले उपाधि जितेका छन् । ओपन टेनिसको फाइनलमा ६–३, ५–७ र ६–४ को सेटमा हराउँदै दास्रो बरियताका जोकोविचले उपाधि जितेका हुन् ।

गएको नोभेम्बरमा मात्र एटिपी टुर्स फाइनल्समा जोकोविचलाई हराउँदै विश्व नम्बर एक बनेका मुर्रेको २८ खेलदेखिको विजयी यात्रा पनि टुंगिएको छ ।

दुवै खेलाडीले अहिले जनवरी १६ बाट सुरु हुने ग्राण्डस्लाम अस्ट्रेलियन ओपनको तयारीमा छन् ।

फेसबुक प्रतिक्रिया