प्रविधि

वल्डलिंकको नयाँ अफर इन्टरनेटमा ६ गुणा डाटा, तीन महिना आइपी टिभी, जडान र राउटर निशुल्क

बुधबार, २० पुष २०७३ गते मा प्रकाशित

Wolrd Link

पुस २० । वल्र्डलिंककम्युनिकेसन्सले नयाँबर्ष २०१७ काे अवसरमा इन्टरनेट जडान गर्ने ग्राहकलाई ६ गुणासम्म थप डाटा उपलब्ध गराउने अफर सार्वजनिक गरेको छ ।

यस अफरमा ग्राहकले निशुल्क जडान सुविधा पाउने छन् । साथै निशुल्क राउटर उपलब्ध गराउने कम्पनीले जनाएको छ । कम्पनीले टिभी हेर्ने नयाँप्रविधि इन्टरनेट प्रोटोकल (आइपी) टिभीसमेत ३ महिनासम्म निशुल्क उपलब्ध गराउने छ । आइपी टिभी जडान गर्न लाग्ने सेटअप बक्स ५० प्रतिशत छुटमा उपलब्ध गराइने छ ।

यो योजना वार्षिक ग्राहकहरुका लागि इन्टरनेट तथा आइपि टि.भी सेवा लिँदा उपलब्धहुने छ ।  आइपी टिभी नेपालमा पछिल्लो पटक भित्रिएको टिभी हेर्ने नयाँप्रविधि हो । यस प्रविधिबाट ग्राहकले इन्टरनेटको केबुलकै माध्यमबाट टिभी हेर्न पाउने छन् । यस्तो प्रविधिबाट प्रसारण हुने टिभीमा ग्राहकले एक साता अगाडिको कार्यक्रमसमेत हेर्न सक्छन् । आइपी टिभीको प्रसारण गुणस्तरीय हुन्छ ।

वल्र्डलिंकले २१ बर्षदेखि इन्टरनेट र कर्पोरेट ग्राहकलाई डाटा सेवाप्रदान गर्दै आएको छ । कम्पनीका देशभर ६० हजारभन्दा बढीग्राहकछन् ।