खानीखोलाको साधारण सेयर सूचीकृत

Want create site? Find Free WordPress Themes and plugins.


पुस – १९ । नेपाल स्टक एक्सचेन्जमा खानीखोला हाइड्रोपावर कम्पनीको साधारण सेयर सूचीकृत भएको छ । स्टककाअनुसार सो कम्पनीको कुल ४६ लाख ५७ हजार एक सय ४३ कित्ता सेयर आज सूचीकृत भएको हो ।

ललितपुरमा टुङ्गठन ठोस्ने र खानी खोला गरी ६ मेगावाट क्षमताको दुई आयोजना निर्माण गरेको कम्पनीले एक महिना पहिले साधारण सेयर सूचीकरणका लागि स्टकमा निवेदन दिएको थियो । प्रसारण लाइनको अभावमा ती आयोजनाबाट उत्पादित विद्युत् पूर्ण क्षमतामा राष्ट्रिय प्रसारण लाइनमा जोड्न समस्या हुँदै आएको छ ।

नेपाल विद्युत् प्राधिकरणले त्यसका लागि आवश्यक तयारी गरिरहेको जनाएको छ । यस्तै स्टकले आजै लुम्बिनी फाइनान्स कम्पनीको पनि सेयर मूल्य समायोजन गरेको छ । समायोजन भएपछि फाइनान्सको प्रतिकित्ता सेयर रु २८१ कायम गरेको छ । फाइनान्सले गत आवमा गरेको मुनाफाबाट सेयरधनीलाई ३५ प्रतिशत बोनस सेयर दिने घोषणा यसअघि नै गरिसकेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

फेसबुक प्रतिक्रिया