गजल: जिन्दगी सकियो भने मुग्लानमा

 


जिउँदो मान्छेको वास्ता हुदैन मरेपछी अबिर माला लाशमा हुन्छ
घमण्ड के गर्नु एकदिन यो देहको खरानी बगरमा धुवाँ आकाशमा हुन्छ ।

पसिनासंग पैसा साट्दा-साट्दै जिन्दगी सकियो भने मुग्लानमा
जरुर मुग्लानीको शरीर रातो रिबन बेरेको काठकाे बाकसमा हुन्छ ।

समाज यस्तै छ संस्कार यस्तै छ बाँचुन्जेल अवगुण मात्रै भेटिन्छन मान्छेहरुका
मरेपछि त न मान्छे रहन्छ मान्छेहरु माझ, न अवगुण कसैको पासमा हुन्छ ।

यता बालक रुन्छ भोकले उता मान्छेहरु मूर्तिलाई दूध पिलाउँछ्न
भन्नुस त ! अझै यसरी कहिले सम्म हाम्रो समाज अन्धविश्वासमा हुन्छ ।

आउनुस समाजको भलाई आफन्तको खुशीको लागि केही गरौँ अब
जबसम्म यो देह एक थोपा रगत र एक मुठ्ठि स्वासमा हुन्छ ।


माधब पौडेल 

बाँसगढि न .ग.पा. ८ बर्दिया (हाल कतार) 

फेसबुक प्रतिक्रिया