खेल

नयाँ सिजनमा रियल म्याड्रिडको विजयी शुरुवात

सोमबार, ०६ भदौ २०७३ गते प्रकाशित
- नेपाल आज (NP)

नयाँ सिजनमा रियल म्याड्रिडको विजयी शुरुवात

realmadrid भदौ – ६ । स्पेनिस ला लिगाको नयाँ सिजनमा रियल म्याड्रिडले आफ्नो विजयी शुरुवात गरेको छ । स्टार स्ट्राईकर क्रिस्टियानो रोनाल्डोको अनुपस्थिति भएपनि म्याड्रिडले रियल सोसिडलाई ३–० ले पराजित गरेको हो । रियललाई जित दिलाउने क्रममा ग्यारेथ बेलले खेलको ७२ औं सेकेन्डमै पहिलो गोल गरे । त्यसपछि ४० औं मिनेटमा एसेन्सियोले गोल गर्दै रियललाई २–० को अग्रता दिलाए र तेस्रो गोल अन्तिम समयमा बेलले गोल गर्दै जित पक्का गराए ।