अभिलेख

यस्ता छन् प्रधानमन्त्री प्रचण्डका नयाँ नाति प्रणव दाहाल (फोटो फिचर)

शुक्रबार, ०३ भदौ २०७३ गते प्रकाशित
- नेपाल आज (MG)

यस्ता छन् प्रधानमन्त्री प्रचण्डका नयाँ नाति प्रणव दाहाल (फोटो फिचर)

भदाै - ३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका दुई नाति छन् प्रसिद्ध र प्रणव। प्रसिद्ध आमा सृजनाका साथमा कास्कीस्थित मावलीमा बस्छन् । प्रणव बुहारी बिनातर्फबाट जन्मिएका हुन् । प्रणव १३ महिनाका भए । उनी मन्टेश्वरी प्लेग्रुपमा जान थालिसकेका छन् । निवासभन्दा केही किलोमिटर परको स्कुलमा उनलाई छोड्न उनकी आमा बिना मगर गाडी लिएर जाने गर्दछिन् ।अन्तरजातीय सन्तान भएकाले हुनसक्छ प्रनवको मुहार र जिऊढाल 'हाइब्रिड' शैलीको छ । उनी मिलनसार रहेको उनलाई पढाउने शिक्षिकाहरुको भनाइ छ । 

प्रचण्ड प्रधानमन्त्री हुनुभन्दा पहिले नै प्रणव प्ले ग्रुपमा भर्ना भइसकेका थिए । प्रधानमन्त्रीका नातिका रुपमा प्रणवलाई अन्य अभिभावकले पनि चासो दिन्छन् । उनलाई भने हजुरबुबा प्रधानमन्त्री भए नभएको थाहा छैन । अबोध उनी अन्य साथीसँग मज्जाले खेलिरहेका भेटिन्छन् । निडर उनी जसको काखमा पनि जान्छन् । प्रचण्ड प्रधानमन्त्री भएपछि बिना लड्डुसहित स्कुल पुगेकी थिइन् । उनले त्यहाँ रहेका केटाकेटी, शिक्षक शिक्षिकालाई लड्डु खुवाएर बधाइ ग्रहण गरेकी थिइन् ।