खेल

ताजा खबर

समाचार

नेपालद्वारा नेदरल्याण्ड १९ रनले पराजित

मङ्गलबार, ३२ साउन २०७३ गते प्रकाशित
- नेपाल आज (TK)

नेपालद्वारा नेदरल्याण्ड १९ रनले पराजित

Nepal साउन ३२ । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्याण्ड्ससँगको दास्रो खेलमा नेपाल १९ रनले विजयी भएको छ । २ सय १८ रनको लक्ष्य पछ्याएको नेदरल्याण्डसलाई १ सय ९८ रनमा समेट्दै नेपालले महत्वपुर्ण जित हात पारेको हो । नेपालका लागि कप्तान पारस खड्का, बसन्त रेग्मी र सोमपाल कामीले दुई दुई र सन्दीप लामिछाने र सागर पुनले एक एक विकेट लिए ।

नेदरल्याण्डसका मिर्युले ५६ तथा म्याक्स ओडुड ३५ रन बनाएपनि टीमलाई जिताउन भने सकेनन् । यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेटको क्षतिमा २ सय १७ रन बनाएको थियो । कप्तान पारस खड्काले ८४, सागर पुनले ४५ र ज्ञानेन्द्र मल्लले ३९ रन बनाए । नेपालका विनोद भण्डारी १७, शरद भेषावकर ६, अनिल मण्डल र बसन्त रेग्मी ४ /४ तथा सोमपाल कामीले २ रन बनाए ।