राजनीति

संविधान जारी गर्न रोक्नेदेखि नाकाबन्दी लगाएर सम्बन्ध विगार्ने भारत, दोष लगाइयो ओलीलाई

आइतबार, ३० साउन २०७३ गते मा प्रकाशित

Kp oli

Kp oliसाउन ३० । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले केपी ओली नेतृत्व सरकारले असन्तुलित बनाएको सम्बन्ध सुधार गर्न सरकारले भारत र चीनमा विशेष दूत पठाउन लागेको बताएका छन् ।

भारतका लागि विशेष दूत तोकिएका उनले भारत र चीनका राष्ट्रपतिको नेपाल भ्रमणका विषयमा समेत कुरा गर्ने दाबी गरे । ‘अघिल्लो सरकारले असन्तुलित बनाएको सम्बन्ध सुधार गर्न सरकारले भारत र चीनमा विशेष दूत पठाउन लागेको हो ।’ नेपाल प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा निधिले बताए । नागरिक दैनिकबाट