मनोरञ्जन

रहेनन् निर्देशक बीएस थापा

बुधबार, २६ साउन २०७३ गते मा प्रकाशित

bs hapa

bs hapa साउन – २६ । ‘माइतीघर’ ‘कान्छी’ जस्ता चर्चित चलचित्रहरुका निर्देशक बीएस थापाको मगलबार बिहान भारतको मुम्बईमा निधन भएको छ । ९३ वर्षिय थापा मुम्बइमा आफ्ना छोरा बुहारीसँग बस्दै आएका थिए । नेपाली चलचित्रको सुरुवात कालमा भारतमा बसेर पनि नेपाली चलचित्र निर्देशन गर्ने थापा पहिलो नेपाली निर्देशक हुन् । चलचित्रकर्मी प्रकाश सायमीका अनुसार माइतीघर चलचित्रका गीतहरु मुम्बई स्टुडियोमा रेकर्ड भएका थिए । भारतीय गायिकाहरु लता मंगेशकर, आशा भोसले, गीता दत्त जस्ता कलाकारले पहिलोपल्ट नेपाली चलचित्रका लागि गीत गाएका थिए । चर्चित गायक गायिका प्रेमध्वज प्रधान र अरुणा लामाले पनि माइतीघर चलचित्रबाट नै पाश्र्व गायनको सुरुवात गरेका थिए