मनोरञ्जन

किन रिसाए बच्चन परिवार ऐश्वर्यासँग

मङ्गलबार, १८ साउन २०७३ गते मा प्रकाशित

Aisorya Rai Bachhan

Aisorya Rai Bachhan

केही दिन यता बच्चन परिवारमा निकै खटपट चलिरहेको छ । यसको कारण हो– ऐश्वर्या राय बच्चनको अभिनय । ऐश्वर्याले आगामी फिल्म ‘ए दिले मुस्किल’मा गरेको अभिनयलाई लिएर बच्चन परिवारमा व्यापक चर्काचर्की भएको छ । फिल्ममा उनले रणवीर कपुरसँग ‘हट सिन’ दिएको कुरालाई लिएर बच्चन परिवार रिसाएको भारतीय मिडियाको दाबी छ ।

यही सिनलाई लिएर ऐश्वर्यालाई सचेत गराइएको पनि मिडियाले दाबी गरेका छन् । उनी राम्रो परिवारको भएकाले यस्ता सिन नदिन उनलाई सचेत गराएकाले नै त्यो सिन हटाउन उनले निर्देशक करन जौहरलाई भेटिसकेकी छिन् । यो सिन हटाउन अमिताभले पनि करण जौहरलाई फोन गरेको कुराले व्यापक चर्चा पाएको छ ।