खेल

क्यान निलम्बन अनुमोदन

शनिबार, १८ असार २०७३ गते मा प्रकाशित

Canepal

  काठमाडौँ, १७ असार । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को साधारणसभाले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई निलम्बन गर्ने निर्णय अनुमोदन गरेको छ । Canepalस्कटल्यान्डमा बिहीबार बसेको आइसिसीको पूर्ण बैठक (साधारणसभा)ले नेपालबारे यसअघि भएको निर्णय अनुमोदन गरेको हो । नेपालसँगै अमेरिकाको क्रिकेट सङ्घसमेत निलम्बनमा परेको बताइएको छ । क्यानमा आन्तरिक विवादले चरम रुप लिएपछि आइसिसीले गत अप्रिलमा निलम्बन गर्ने निर्णय गरेको थियो । सो निलम्बनको निर्णयलाई साधारणसभाले अनुमोदन गरेपछि अब कारबाही प्रक्रिया लम्बिने भएको तर कति समय लम्बिने भन्ने खुलाइएको छैन । क्यानमा चतुरबहादुर चन्दको नेतृत्वको निर्वाचित समिति र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले रमेश सिलवालको नेतृत्वमा गठन गरेको तदर्थ समितिबीच विवाद लम्बिएपछि आइसिसीले हस्तक्षेप गरेको थियो । यसैबीच नेपाली क्रिकेटको पछिल्लो अवस्था बुझ्न आइसिसीको व्यवस्थापन टोली आगामी अक्टोबरमा नेपाल आउने भएको छ । अमेरिकामा आइसिसीका अध्यक्ष शशाङ्क मनोहर नेतृत्वको टोली जाने तय भइसकेको छ तर नेपाल आउने टोलीको टुङ्गो नलागेको बताइएको छ । निर्वाचित समितिका महासचिव अशोकनाथ प्याकुरेलले सो टोली यहाँ आएपछि समस्या समाधान गर्ने आशा व्यक्त गर्दै भने, “कसको नेतृत्वमा को नेपाल आउँछ थाहा छैन तर त्यसले हामीलाई न्याय दिने विश्वास छ ।”

र याे पनि

क्यानकी सिइओ घिमिरेद्वारा राजीनामा