ताजा खबर

देश

पशुपतिनाथमा साउन सोमबार मेला

सोमबार, ०३ साउन २०७३ गते मा प्रकाशित

saune

saune barta

काठमाडौं, साउन ३ ।  हिन्दु धर्मावलम्बीहरुले श्रावण महिनाकोे पहिलो दिनको सोमबारको व्रत लिनसुरु गरेका छन् । श्रावण महिना भर सोमबारको व्रत लिनाले मनोकांक्षा पूरा हुने जनविश्वास रहेको छ । यो वर्षको साउन महिनामा ५ वटा सोमबार परेकाले व्रत लिन उत्तम रहेको ज्योतिषहरु बताउंछन् । हिन्दुशास्त्रअनुसार व्रतालुले श्रावण महिनाभर फलाहारका अलावा अन्नलाई निशेध गरेको छ ।

saune

यद्यपि तपस्वीहरू त फलाहार समेत नखाई व्रत बस्दछन । धर्मको नियमहरूका अनुसार नै यस महिनामा व्रतको पालना गर्नुपर्छ अर्थात् विधिपूर्वक व्रत बस्नुपर्दछ । यस महिनामा भोग, सम्भोग, सहबास र कुनै पनि प्रकारले धर्म विरूद्ध कर्म गर्न निषेध छ । यस एक महिनाको व्रतलाई नीति नियमको पालना गर्नाले सम्पूर्ण वर्ष व्रत बस्ने आवश्यकता हुंदैन । धेरै मानिसहरू आफ्नो मन मर्जीले उपवास बस्ने गर्छन् जुन कार्य शास्त्रले भने अनुचित कार्य मान्दछ ।