अपराध सुरक्षा

ताजा खबर

मेरो परिवार मेरो कथा

समाचार

समाज

निर्दोष देबबहादुर १० महिना यातनागृहमा बस्दा ........

शनिबार, २५ असार २०७३ गते मा प्रकाशित

army-torturing

army-torturing देबबहादुर महर्जनको माओवादी युद्धसंग उनको कुनै साइनो थिएन । उनी निर्दोष थिए । तर, उनलाई माओवादी ठहर गरियो र सेनाबाट पीडित भए । सत्य निरुपण तथा मेलमिलाप आयोगले उजुरीका लागि आह्वान गरेपछि उनले नामै तोकेर उजुरी ठोकेका छन् । के भएको थियो घटना २०६० साल मंसिरको जाडो महिनामा देवबहादुर आफ्नै घर कीर्तिपुर टौदहमा सुतिरहेका थिए । राति ११ बजे उनको घरमा हतियारधारी समूह प्रवेश ग-यो । कठालोमा समातेर लछारपछार गरे । श्रीमान् निर्दोष रहेको भन्दै श्रीमती रोईकराई गरिन् । आमा रोइकराइ गर्न थालेपछि आमासँगै काखे छोरा पनि रुन थाल्यो । मध्यरातमा टौदह डांकोले थर्कियो । तर, सेनाको मन भने पग्लिएन । हतियार सोझाउंदै देवबहादुरलाई लिएर गए । देबबहादुर माओवादी थिएनन् । तर, सेनाले माओवादी नै प्रमाणित गर्न खोज्यो । उनी भन्छन ‘आरोप त केही थिएन तर सोधपुछ गर्दा मलाई माओवादी बनाएदिए । कसैको उद्देश्य प्राप्तिमा मलाई प्रयोग गरे । मलाई मेरो परिवारबाट बेपत्ता बनाएर निर्मम यातना दिए ।’ यता परिवारलाई कुनै सूचना दिइएन । सम्पर्क र संवाद पूर्णरुपमा बिच्छेद गरियो । देबबहादुरलाई बेपत्ता बनाइयो । अपहरण गरेर लगेको १० महिनापछि अर्थात २०६१ साल असोज १ गते उनलाई सुन्दरीजल सारियो । उनकी माइली दिदी पार्वतीले सर्वोच्व अदालतमा बन्दी प्रत्यक्षीकरण रिट हालिन् । सर्वोच्वले सेनासंग जवाफ माग्यो । सेनाले देवबहादुरलाई सेनाले पक्राउ नगरेको जवाफ फर्कायो । सेनाले बोलेपछि सकिने जमाना थियो त्यो । रिट खारेज भयो । सुन्दरीजल लानुभन्दा अगाडिको यातना बयान गरेर साध्य थिएन उनी भन्छन ‘सुन्दरीजल लगेपछि त त्यो यातना झनै बढी भयो । सम्झदा पनि उनको ज्यान सिरिङ्ग हुन्छ ।’ उनलाई राखिएको कोठाको छेवैमा याताना कक्ष थियो । ‘प्रत्येक दिन जसो कोही न कोहीको हाडछाला खुंइलाइन्थ्यो । रातभर चित्कार सुन्नपथ्र्यो । अरुको चित्कार सुन्दा उनलाई आफ्नो पालो सम्झेर कांप छुट्थ्यो । उनले आफ्नो दर्दनाक भोगाइ सुनाए ।’ उनी भन्छन् ‘आज एकजनालाई, भोली अर्कोलाई, पर्सि अर्कोलाई लगिन्थ्यो । उनीहरु फर्किदा रक्ताम्य, अर्धचेत, बेहाल तथा शारीरिक रुपमा छिन्नभिन्न र बिभत्स भएर फर्किन्थे ।’ [caption id="attachment_10738" align="alignnone" width="4992"]DevBahadurMaharjan तस्विर : गगन थापा/नेपालआज[/caption] उनलाई पनि त्यसरी नै लगेर कयौं रात यातना दिए । त्यो यातनाले गर्दा उनी उभिन नसक्ने भए । सौच गर्नसमेत अर्काको साहारा लिन पर्ने भयो । दया र करुणा नभएको ठाऊंमा अरुको साहरा लिनुपर्ने भएपछि उनको बेहाल भयो । यातानाका कारण करङ्गका हड्डी भाचिए । नलीखुट्टाहरु छियांछियां भए । उनी अहिले पनि केही काम गर्न सक्दैनन् । निर्दोष हुंदाहुंदै पनि उनको जीवन बर्बाद बनाइयो । द्वन्दकालको त्यो यातनाले अझै पनि उनको दिमागमा बेग्लै झन्झनाहट हुन्छ । उनी भन्छन ‘आलै छ ती घाउहरु, ताजा नै छ ती स्मृतीहरु जसले गर्दा यो १३ वर्षसम्म म गुम्सिएर बस्न बाध्य भएको छु, अझैसम्म गुम्सिरहेको छु ।’ उनलाई सुन्दरीजेल कारागारमा जांदा मावली गएजस्तो भएको थियो । कम्तिमा सेनाको हिरासतमा जस्तो कारागारमा याताना त हुंदैनथ्यो । कारागार गएपछि उनी त्यहां रहेको सुंइको परिवारले पायो । फेरि सर्वोच्वमा मुद्दा प-यो । उनलाई छाड्ने आदेश दिइयो । घर त फर्के तर उर्जाविहीन भएर । तर पनि, सेनाले पछ्याउन छाडेन । घरमा बारम्बार आइरहने र कहीं कतै बोले उडाइदिने धम्की दिइरहने गदर्थे । उनी आफ्नै मृत्युको काउनडाउनमा दिन बिताउंथे । उनी भन्छन ‘ कसको आशामा उजुरी दिने, जसबाट सुरक्षा पाउनु पर्ने हो, उनैबाट असुरक्षित भएपछि । जे जे गरे पनि सहेर बस्नु पा-यो ।’ अति भएपछि उनले मानवअधिकार आयोगमा उजुरी दिए । तर उजुरीको सुनुवाइ भएन । देश खाइ शेष भनेजस्तो उनलाई यसै मर्छु उसै मर्छु भन्ने लाग्यो, उनी सयुंक्त राष्ट्रसंघको मानवअधिकार उच्च आयुक्तको कार्यालय जेनेभामा उजुरी पठाए । सो उजुरीले काम ग-यो । आयोगले सरकारलाई तारन्तार प्रश्न गर्न थाल्यो । उच्च आयुक्तको कार्यलयले नेपाल सरकारलाई पीडितलाई पर्याप्त क्षतिपूर्ति दिन र उनको घटनाको बारेमा यथार्थ जानकारी दिन निर्देशन दियो । सरकारले उनलाई क्षतिपूर्ति दिएन । आयोगमा प्रतिवेदन बुझायो । आफ्नै बचाउ गरी प्रतिवेदन बुझाएको सरकार त्यसपछि भने केही हच्कियो । न्यायका लागि भौतारिएरै बित्यो १३ बर्ष देबबहादुरले शासक र सत्ताको दिल, दिमाख र भर हुन्न भन्ने बुझेका छन् । उनले यि १३ बर्ष आफूमाथि भएको जघन्य अपराधका बारे बिन्ति बिसाएरै बिताए । तर, केही उपलब्धी भएन । सत्य निरुपण तथा मेलमिलाप आयोगमा उनले उजुरी हालेका छन् । किटानी उजुरीमा उनले जगदल गणका तत्कालिन मेजर जीजगं ठाकुर, तत्कालिन सरकार र संसदलाई बिपक्षी बनाएका छन् । उनलाई आयोगप्रति पनि भर छैन । पीडक–पीडक मिलेर बनाएको आयोगले पीडितको पीडा नबुझ्ने उनको ठहर छ । त्यसो भए किन उजुरी हालेको त ? नेपाल आजको प्रश्नमा उनले भने, ‘कम्तिमा रेकर्ड त रहन्छ । मेरो पालामा नभए छोराको पालामा त खोजी होला । सबै पुस्ता यस्तो संवेदनहीन हुंनेछैन ।’ प्रस्तुति : सागर बुढाथोकी 

र, यो पनि 

‘बम’ राखिएको शब कुर्दै गाउंवासी डांडामा रात बिताउन बाध्य भए, युद्धको त्यो कालरात्री !

अझ रहस्यमय बन्दै टिकबहादुरको मृत्यु

मोहना अनसारीको जवाफ : आईजिपीलाई सोध्नुहोस

संघीयतामाथि ओली वचन–यो नेपालको एजेण्डा होइन देखि बाख्रालाई भैंसीको सिंहसम्म

केटीलाई पत्रिकामा बेरेर गुलाबको फूल दिनेदेखि क्रार्यक्रममै महिलालाई आंखा झिम्क्याउंने नेता बालकृष्ण खाण

मर्छु तर महामाफिया लोकमानविरुद्ध महाअभियोगको मागबाट पछि हट्दिन : डाः गोबिन्द केसी (भिडिओ सहित)

गेटआउट गरिएकी मीनासिंहको बचाउमा लाग्यो गेट, कलेजद्वारा रचिएका नक्कली कथाको भीआइपीद्वारा खण्डन (भिडियो सहित)