ताजा खबर

समाचार

समाज

खेतमै जान डराए कृषिमन्त्री, गजुरेललाई पराजुलीले सिकाए 'पाठ'

बुधबार, १५ असार २०७३ गते मा प्रकाशित

hari - hari

hari - hari असार - १५ । कृषिमन्त्री हरिबोल गजुरेलले गमलामा रोपाईं गरेका छन् । धान दिवसका अवसरमा खेतमा गएर रोपाईं गर्ने विगतको परम्परा विपरित गमलामा रोपाईं गरेका हुन् । यसलाई सामाजिक संजालमा कृषिमन्त्री गजुरेल खेतमा जान डराएको भनि अर्थाइएको छ । गतबर्ष तत्कालिन कृषिमन्त्री हरिप्रसाद पराजुलीले धान रोपाईंका क्रममा मूलपानीमा महिलामाथि जाइलागेपछि पदबाट राजिनामा दिनुपरेको थियो । यसपटक कृषिमन्त्री खेतमै गएनन् । उनले एकदिन खेतमा गएर केही नहुने जनाए । गमला रोपेर केही हुन्छ त भन्ने नेपाल आजको प्रश्नमा मन्त्रालयले राखेको सांकेतिक कार्यक्रम भएको जनाए । मन्त्रालयले मन्त्रीले गमलामा रोपेको धान फलाएरै छाड्ने जनाएको छ ।

र याे पनि,

भाग्दाभाग्दै बितेको हरिप्रसाद पराजुलीको १ वर्ष