विचार

किन निलम्बनमा पर्याे क्यान नेपाली क्रिकेटको भविष्य कता

किन निलम्बनमा पर्याे क्यान  नेपाली क्रिकेटको भविष्य कता

download काठमाडौं जेठ २६ नेपाल क्रिकेट संघ निलम्बनमा परेपछि आइसिसीले नेपाली क्रिकेटको गतिविधि सञ्चालनको जिम्मेवारी सीमित व्यक्तिहरुलाई सुम्पिंदै पत्र पठाएको छ । आइसिसीले सोमबार निर्वाचित समूहका अध्यक्ष चतुरबहादुर चन्दलाई सम्बोधन गर्दै पठाएको पत्रमा खेलाडी छनौटको लागि कप्तान पारस खड्का र प्रशिक्षक जगत टमाटालाई तथा स्थानीय स्तरबाट सहयोगको लागि प्रमुख कार्यकारी अधिकृत भावना घिमिरेलाइ जिम्मेवारी दिइएको छ ।

Chatur Bahadur Chand

क्रिकेट संघ भित्रको विवाद पुरानै भएपनि गत मंसिरमा भएको चुनावपछि क्यानको विवाद उत्कर्षमा पुगेको हो । राष्ट्रिय खेलकुद परिषदले निर्वाचन रोक्न पत्र पठाएपनि क्यानको निर्वाचन रोकिएन । चतुर बहादुर चन्दको अध्यक्षतामा कार्यसमिति चयन भयो तर, राखेपले मानेन । राखेपले पुस १८ गते रमेश सिलवालको अध्यक्षतामा क्यान तदर्थ समिति गठन गर्यो । त्यसपछि चासो दियो, आइसिसीले । क्यान विवाद अदालतसम्म पुगेपछि आइसिसीले चन्द र राखेपको नाममा पत्र लेख्दै विवाद छिट्टै समाधान नभए निलम्बन गर्नसक्ने चेतावनी दियो । तर, विवाद झनै झा“गियो । सोही समयमा आइसिसी आफैंले नेपाल र नामिबियाबीचको खेल नेपालमै गरायो ।

प्रतियोगिताकै दौरान नेपाल आएका आईसिसिका एसिया डेभलपमेन्ट म्यानेजर टिम एन्डरसनले, विवाद समाधानको लागि अर्को एकपटक चेतावनी दिएका थिए । नेपालमै आएर उनले दिएको चेतावनीको पनि सुनुवाइ भएन । अन्ततः आइसिसीले गत बैशाख १३ गते क्यान निलम्बन गर्यो । सरकारी हस्तक्षेप र अदालतमा पुगेको मुद्दा नै निलम्बनको मुख्य कारण रहेको आइसिसीले चन्दलाई पठाएको पत्रमा उल्लेख छ ।

आइसिसीले गत सोमबार पनि चन्दलाई नै सम्बोधन गर्दै अर्को पत्र लेखेको छ । तर, जिम्मेवारी अन्यलाई नै तोकिएको छ । यता, दुई क्रिकेट संघबीचको बिचाराधीन मुद्दामा सर्वोच्चमा १६ गते छलफल हुने गरी मिति तोकिएको छ ।