रोजगार

इन्द्रावती तेस्रो जलविद्युत् एकाइमा कार्यरत कर्मचारी आन्दोलित

सोमबार, २४ जेठ २०७३ गते मा प्रकाशित

gallery2-260x180

  जेठ - २४, नेसनल हाइड्राेपावर कम्पनी लिमिटेड इन्द्रावती तेस्रो जलविद्युत् एकाइमा कार्यरत कर्मचारीले भत्ता कटौती भएको भन्दै आन्दोलनमा उत्रिएका छन् । gallery2-260x180 कम्पनीको सञ्चालक समितिले आफ्नो विगत सात वर्ष अगाडिदेखि खाइपाइ आएको भत्ता गत नयाँ वर्षको वैशाखबाट कटौती गरेकोलगायत विषयमा बेवास्ता गरेको भन्दै  नेपाल निर्माण सम्बद्ध श्रमिक सङ्घ आन्दोलनमा उत्रिएका हुन् । संशोेधित कर्मचारी विनियमावली–२०६४ मा समेत उल्लेख गरिएको सरकारी तलब भत्ता वृद्धि हुँदा कर्मचारीको तलब सोहीअनुसार समायोजन गरिने भन्ने बुँदालाई इन्द्रावती तेस्रो जलविद्युत् आयोजनाले कर्मचारीको तलब वृद्धि हुँदाको विषयलाई लाद्ने काम गरेको भन्दै आन्दोलनमा उत्रिन बाध्य भएको नेपाल निर्माण सम्बद्ध श्रमिक सङ्घ नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड इन्द्रावती तेस्रो जलविद्युत् जिल्ला सचिव सागर खड्काले बताए । कर्मचारीले खाइपाइ आएको तलब भत्ता तथा सरकारी तलब भत्ता वृद्धि भएअनुसार समायोजन गरिनुपर्ने, एक तह स्वतः बढुवा गरिनुपर्ने, वार्षिक ग्रेड थपको व्यवस्था नियमित लागू गरिनुपर्ने, उपदान तथा स्वेच्छिक अवकाश कोष खडा गरिनुपर्ने, कर्मचारीको आवासलगायतको व्यवस्था गरिदिनुपर्नेजस्ता मागको सुनुवाइ नभए काठमाडौँमा रहेको केन्द्रीय कार्यालयमा तालाबन्दीसमेत गर्ने खड्काले चेतावनी दिए ।