मुख्य समाचार

समाचार

बिरेन्द्र र ज्ञानेन्द्रका नातिनातिना श्रद्धान्जलीका लागि नारायणहिटी पुगेपछि........

बिहिबार, २० जेठ २०७३ गते मा प्रकाशित

_L8B4626

मकुण्डोधारी समुहद्वारा कार्यक्रमको आयोजना  (तस्विर र भिडियोसहित)

शब्द / तस्विर : गगन थापा

_L8B4625

स्वर्गीय पूर्वराजा विरेन्द्रका नातिनी र पूर्वराजा ज्ञानेन्द्रका नातिनातिनाले दरबारको मूलद्वार अगाडि दरबारहत्याकाण्डमा मारिएका आफन्तप्रति श्रद्धान्जली व्यक्त गरेका छन् ।

दरबार हत्याकाण्ड भएको १५ बर्ष पूरा भएको सन्र्दभमा आयोजित अनौठो किसिमको श्रद्धान्जली कार्यक्रममा स्वर्गीय अधिराजकुमारी श्रुतीका छोरी तथा पूर्वयुवराज पारस र हिमानीका छोराछोरी सहभागी भएका हुन् ।

_L8B4642 उनीहरु श्रद्धान्जली व्यक्त गर्न आउनुभन्दा अगाडि मकुण्डोधारी समुहले मोटरसाइकल र्याली गरेको थियो । सो समुहले दरबारको मूलद्वार अगाडि श्रद्धान्जली कार्यक्रम शुरु गरेसंगै उनीहरु गाडीमा आइपुगेका थिए । बिरलैमात्र सार्वजनिकस्थानमा देखिने स्वर्गीय अधिराजकुमारीका छोरीहरु श्रद्धान्जलीका लागि सडकमा देखिएका थिए । उनीहरुसंगै पारस र हिमानीका छोराछोरी हृदयन्द्र, पूर्णिका र किर्तिका आएका थिए ।उनीहरुको आवागमनसंगै हेर्नेको भीड लागेको थियो । [embed][/embed] श्रद्धान्जली व्यक्त गरेपछि मकुण्डोधारी समुह संगै उनीहरुले श्रीमान गम्भीर बोलको राजतन्त्रकालिन राष्ट्रिय गित पनि गाएका थिए । दरबारमार्ग प्रहरीले कार्यक्रममा पूर्व राजा ज्ञानेन्द्रका नातिनातिना र स्वर्गीय राजा विरेन्द्रका नातिनीहरु सहभागी भएको जानकारी प्राप्त भएको जनाएको छ । _L8B4671   _L8B4642 _L8B4702 _L8B4665 _L8B4617 _L8B4626 _L8B4592 _L8B4593 _L8B4590 _L8B4596 _L8B4659 _L8B4661 _L8B4664 _L8B4678 _L8B4722 _L8B4724 _L8B4736 _L8B4713 _L8B4714 _L8B4688 _L8B4669 _L8B4562 _L8B4550