अपराध सुरक्षा

समाचार

खरिदार केसीविरुद्ध मुद्दा दायर

शुक्रबार, ३१ बैशाख २०७३ गते मा प्रकाशित

kp-oli-prahanda-and-Dauba

nepal-money

काठमाडौँ, ३१ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा बेचबिखन गर्ने क्रममा एक सेवाग्राहीसँग रु एक लाख घुस लिएको अभियोगमा मालपोत कार्यालय कलङ्कीमा कार्यरत खरिदार देवराज केसीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार खरिदार केसीले चन्द्रागिरि नगरपालिका वडा नं १६ बस्ने एक सेवाग्राहीको काठमाडाँै नागार्जुन नगरपालिकास्थित कित्ता नं ४५ र ५८ को जग्गा बेचबिखन गर्दा घुस माग्दामाग्दै थलोमा नै पक्राउ परेका थिए । आयोगले खरिदार केसीविरुद्ध रु एक लाख बिगोसहित हदैसम्मको कारबाहीको माग गर्दै आरोपपत्र दायर गरिएको हो । रासस