अन्तरवार्ता

कुरा: खस्रा मिठा

ज्ञानेन्द्र शाह गणतन्त्रवादी भइहाले, राजतन्त्र आइहाले राजा खोज्न कहां जाने ?

बुधबार, २९ बैशाख २०७३ गते मा प्रकाशित

arun-kumar-subedi-2

 

पूर्वराजा गणतन्त्रवादी भए । अब राजतन्त्रको आवागमन भयो भने राजा को ? गलकोट मिरकोट, राजस्तान कहां खोज्न जाने राजा ? राजा हुने मान्छे खोई । म राजा हुन तयार छु भन्ने कोही मान्छे पनि चाहियो नी । मैले कुनै प्रकारको राजनीतिक र संबैधानिक चुनौति नदिइकन हिँडे । मबाट त्रुटि भयो भनेर भन्नु पर्यो  । राजसंस्था जनताको नासो हो भने भन्नु पर्यो  किन जिम्मा लगाएको ।

अरुणकुमार सुवेदी पहिले नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । पछिल्लो समय उनी राजनीतिक विश्लेषणका लागि परिचित छन् । लेखक तथा विश्लेषक सुवेदी पूर्वराजा ज्ञानेन्द्रलाई पहिलो गणतन्त्रवादीका रुपमा चित्रित गर्छन । सुवेदीसंग कांग्रेसको नीति र नेतृत्वमा केन्द्रीत रही गरिएको कुराकानीको सम्पादित अंश यहां प्रस्तुत गरिएको छ ।


शेरबहादुर देउवाले सरकार परिवर्तन गर्नका लागि हतार गरेकै हुन त ? शेरबहादुर देउवाले हतार गर्नु र नगर्नु भन्दा पनि महत्वपूर्ण कुरा नेपाली कंग्रेसको महाधिवेशनको म्यान्डेट हो । त्यो भनेकोे संविधानमा आमुल परिवर्तन हो । सोका लागि नेकपा एमाले नै तयार नरहेको अवस्थामा शेरबहादुर देउवाले पहल गर्नु अनौठो कुरा थिएन । तर राजनीति पहलहरु तुरुन्तै सफल हुन्छन् भन्ने छैन । कैयन पहल कालान्तरमा सफल हुन्छन् । यो स्वभावीक कुरा हो । यो एउटै पहल असफल भयो भनेर कुरीकुरी गनुपर्ने कुरा पनि छैन ।


कांग्रेसको एजेन्डा के के हो ? स्पष्ट छ । महाधिवेशन अघि शेरबहादुर देउवाजीले पनि स्पष्ट रुपमा भन्नु भयो । धर्मनिरपेक्षतामा पुर्नविचार गर्नुपर्छ । त्यही स्ट्याण्ड धेरै पहिलादेखि खुमबहादुर खड्का र शेखर कोइरालाले पनि राख्नु भएको थियो । महाधिवेशनको पूर्व सन्ध्यामा डा. सशांक कोइरालाले त एक कदम अगाडि रहनु भयो । सशांक कोइरालाले जे बोल्नु भयो त्यो भन्दा फरक बोल्ने रामचन्द्र पौडेललाई पनि महाधिवेशन हराइ दियो । धर्मनिरपेक्षता, संघियता र गणतन्त्रको पक्षमा बोल्ने अर्जुन नरसिंह केसीलाई पनि हराइदियो । दुईवटा खेमाबाट लड्नु भएका तर राजनीतिक उपलब्धी भनिएका धर्मनिरपेक्षता र संघियताको विपक्षमा बोल्नुभएका उमेद्वारहरुलाई महाधिवेशनले जितायो ।


कांग्रेस यो संविधान भन्दा पछि हट्नु नै राम्रो हो त ? यो संविधानमा आधारभुत भनिएका र विगतमा राजनीतिक उपलब्धी भनिएका संघियता, धर्मनिरपेक्षता र गणतन्त्र कांग्रेसको आफ्नो सिद्धान्त परम्परा, मुलुकको अखण्डता सामाजिक स्थायित्व विपरित छन् भन्ने कुरा कांग्रेसभित्र उठिरहेको छ । यसमा पुनः विचार गर्नु पर्दछ भन्ने अभिव्यक्ति सार्वजनिक रुपमा आइसकेको छ । अब देउवाजी यसफर्त उन्मुख होलान् नहोलान्, प्रतीक्षाको विषय हो ।


राजतन्त्रका बारेमा पनि कांग्रेसले पुर्नविचार गर्न चाहेको हो ? अव त्यो नेपाली कांग्रेसले प्रजातन्त्रको बारेमा कसरी विश्लेषण गरेको छ भन्ने कुरामा निर्भर गर्छ । उसले आन्तरिक दस्तावेज केही बनाएको छ भने मलाई थाहा भएन । सशांक कोइरालाको अडानमा राजतन्त्रपनि प¥यो । शेरबहादुरजीले भन्नु भएको कुरामा राजतन्त्र परेन । खुम बहादुर जीले भन्नु भएको कुरामा पनि राजतन्त्र परि आएको छ । तर मेरो विचारमा नेपालको पहिलो गणतन्त्रबादी व्यक्ति राजा ज्ञानेन्द्र नै हुन् । जवसम्म स्वयं ज्ञानेन्द्रले गणतन्त्रका बारेमा पुर्नविचार गर्दैनन्, अरुले जत्तिनै गरेपनि केही हुंदैन । पहिलो गणतन्त्रबादी व्यक्ति ज्ञानेन्द्रले नै गणतन्त्रमा पुनः विचार गरे राजतन्त्रको निश्चित भुमिका सहित पुनः स्थापित गर्न नेपाली जनता, नेपालका राजनीतिक शक्तिहरु अन्तराष्ट्रि, समुदायलाई अह्वान गदैनन्, तवसम्म राजतन्त्रको बारेमा कुरा गर्न कुनै वैधानिक आधार तयार भएको भन्ने मलाई लाग्दैन । arun-kumar-subedi-1


पूर्वराजा ज्ञानेन्द्र कसरी गणतन्त्रवादी ? यो चाहीं स्पष्ट छ । पहिलो संविधानसभालाई एउटा कार्यदेश दिएको थियो अर्काे सभाले । संविधानतः विघठन भइसकेको प्रतिनिधिसभालाई राजाको हुकुम प्रमाङ्गीबाट । सो सभाले २०४७ सालको संविधानलाई जवरजस्ती छेड्खानी ग¥यो । ८३ माओबादीहरुलाई झस्केलाबाट सभामा हुलियो । त्यो भुतपुर्व जन प्रतिनिधि र तत्कालिन अवस्थाका विद्रोहीहरुको सभाले तीनवटा पूर्व सर्त राख्यो : गणतन्त्र, संघियता र धर्मनिरपेक्षता । यो सर्त संविधानसभाले हुबहु मान्यो । तत्कालिन गृहमन्त्रीले एउटा चिठी राजदरबार सचिवालयमा दर्ता गराए । ज्ञानेन्द्रले पत्रकार सम्मेलन गरेर राजदरबार छोडे र नागार्जुन दरबारतर्फ लागे । एउटा निर्वाचित प्रधानमन्त्रीलाई अपदस्त गर्नको लागि आफूमा रहेको परम्परागत सांस्कृतिक राजनीतिक प्राधिकार प्रयोग गरेका थिए । तिनै राजाले आफ्नै राजगद्दिको प्रतिरक्षाको लागि आफ्नो संवैधानिक र राजनीतिक अधिकारको प्रयोग गरेनन् । उनले कानूनीरुपमा उपचार खोज्ने र राजनीतिकरुपमा प्रतिकार गर्ने कोशिशसमेत गरेनन् । यसो नगर्नु भनेको अनौठो हो । उनले सरासर जे भन्यो त्यही मानिदिए । यो कुरा स्पष्ट छ । संविधानसभामा गणतन्त्रको प्रस्ताव गर्ने तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला प्रस्तावक र सो प्रस्तावको सरासर कार्यान्वयन गर्ने ज्ञानेन्द्र गणतन्त्रको पहिलो समर्थक हुन् । यसर्थ उनी पहिलो गणतन्त्रबादी नेपाली हुन । उनले राजतन्त्र जनताको नासो हो भने प्रधानमन्त्रीका दुत तत्कालिन गृहमन्त्रीले थमाएको पत्र खुरुखुरु शिरोपर गरे । उनले सो गल्तिका लागि आत्मआलोचना गर्दै जनता, राजनीतिक दलहरु, नागरिक समाज र अन्तराष्ट्रि समुदायलाई आह्वान गर्नु प¥यो । जनताले पनि सोच्लान । सोच्न कर लाग्छ । हामी जस्तालाई पनि सोच्न कर लाग्ला । अन्तराष्ट्रिय जगतले पनि सोच्ने छ । पूर्वराजा गणतन्त्रवादी भए । अब राजतन्त्रको आवागमन भयो भने राजा को ? गलकोट मिरकोट, राजस्तान कहां खोज्न जाने राजा ? राजा हुने मान्छे खोई । म राजा हुन तयार छु भन्ने कोही मान्छे पनि चाहियो नी । त्यस कारण राजतन्त्रको बारेमा पुनः विचार गर्नु भनेको चाहि अहिलेको विषयवस्तु नै होइन । ज्ञानेन्द्रले आत्मआलोचना गरी राजतन्त्रका लागि सार्वजनिक अपिल नगरेसम्म राजतन्त्रको वहश वैधानिक हुंदैन । तर धर्म निरपक्षेता र संघियताका बारेमा गहन बहश हुन जरुरी छ । कांग्रेसले पुर्नविचार गर्न चाहेको हो भने कि आन्दोलमा जानु प¥र्याे कि सरकारको नेतृत्वमा आनुप¥र्यो । त्योभन्दा अरु विकल्प त छैन ।


पूर्व राजा ज्ञानेन्द्रले राजा बन्न तयार छु भनेर स्टेटमेन्ट दिनु पर्ने हो ? दिएर आत्म आलोचना गरेर आउनु प¥यो । मैले कुनै प्रकारको राजनीतिक र संबैधानिक चुनौति नदिइकन हिँडे । मबाट त्रुटि भयो भनेर भन्नु प¥यो । राजसंस्था जनताको नासो हो भने भन्नु प¥यो किन जिम्म लगाएको । जनमत संग्रहको माग मर्ग सक्थे राजाले त्यतिखेर । अथवा मैले अहिले दरवार छोडेर हिँडेपनि अडान जारि छ र राजतन्त्र नेपाल चाहिन्छ भनेर उतिबेलै भन्न सक्थे । कुनै न कुनै अडान राख्न सक्थे । वितेको वितिहाल्यो । अहिलेपनि म तयार छु भन्न सक्नुपर्यो । म हुंदिन भन्ने हो भने नाति छ भनेर देखाउनुपर्यो  । त्यसपछि विचार गर्ने हो । पुर्व राजाले अह्वान नगर्ने हो भने कसलाई राजा बनाउन बहश गर्ने । बेकारमा छलफल किन गर्ने ?