अर्थ

एनसेलले सरकारलार्इ बुझाउनु पर्ने कर अझै ३९ अर्ब रुपैयाँ बाँकी

मङ्गलबार, २८ बैशाख २०७३ गते मा प्रकाशित

Ncell

काठमाडौं, २८ बैशाख सबैतिरबाट दबाब परेपछि एनसेलले सरकारलाई ९ अर्ब ९६ करोड ९५ लाख रुपैयाँ पुँजीगत लाभकर सरकारलाई बुझाएको छ । एनसेलले आइतबार ठूला करदाताको कार्यालयमा कर बुझाएको हो ।

एनसेलले ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार चालीस रुपैयाँ लाभकर वाफत बुझाए  पनि अझै तिर्नु पर्ने कर बाँकीरहेकाे आन्तरिक राजश्व विभागले बताएको छ । एनसेलले अझै ३९ अर्ब रुपैयाँ तिर्नुपर्ने छ । बाँकी रकम पछि तिर्ने उसको प्रतिबद्धता छ । लामो समदेखि कर तिर्नेरनतिर्ने विषमा बहस भइरहँदा एनसेलले झण्डै १० अर्ब कर दाखिला गरेको हो ।कर दाखिला गर्न एनसेलले केहि दिन अघिदेखि नै तयारी गरेको थियो । स्वीडेनको टेलिया कम्पनीले एक्जियटालाई एनसेलको ८० प्रतिशत स्वामित्व एक अर्ब ३६ करोड ५१ लाख डलरमा बेचेको थियो ।

गत अप्रिलमा खरिद प्रक्रिया टुंग्याए पनि कर तिर्न एनसेल तयार भएको थिएन । तर, विभिन्न स्तरको दबाव तथा एक्जियटाको अग्रसरतामा एनसेलले ९ अर्ब बढी पूँजीगत लाभकर तिरेको हो । कर तिर्न सरकारले आइतबारसम्म समयसीमा दिएको थियो ।