स्वास्थ्य

कसरी गर्ने तनाव व्यवस्थापन

मङ्गलबार, २८ बैशाख २०७३ गते प्रकाशित
- नेपाल आज (ADM)

कसरी गर्ने तनाव व्यवस्थापन

कसरी गर्ने तनाव व्यवस्थापन

२०१५ को ह्याप्पी इन्डेक्स सूचकांकमा नेपाल १८८ देशहरु मध्ये ४५ औं स्थानमा पर्दछ । यो अंकले नेपालमा अधिकांस जनता खुसी छन् भनेर देखाउन खोजेका छ ।

 

अनेक आर्थिक, समाजिक र राजनीतिक जंजालमा फसेको राष्ट्रका नागरिक यति धेरै (१०० भन्दा तल) खुसी हुनु भनेको आश्चर्यको कुरा हुन्छ । ह्याप्पी इन्डेक्सले जति अंक दिएपनि पछिल्लो समयमा बिशेष गरी युवाहरु तनावले ग्रसित छन् ।

 

तनाव भनेको ‘मानसिक असन्तुलनता’ नै हो । तनावले हरेक मानिसको दिमागी हालत विछिप्त बनाइदिन्छ । अन्तमा त्यही मानसिकताले गर्दा मानिसलाई आफ्नो जीवन नरक जस्तो लाग्न थाल्छ । यो भयले आत्महत्यासम्म गर्न बाध्य तुल्याउँछ ।

 

आत्महत्या, हत्या आदि अत्यन्त सम्बेदनशिल र मानव मर्यादा विपरित कार्य गर्न मानिस अग्रसर हुन्छ । परिवार, नातागोता र समाजमा कलंक भएर निश्किन्छ । त्यसैले ‘तनाव व्यवस्थापन’ हरेक मानिसले गर्न जान्नु पर्दछ । तनाव व्यवस्थापन जीवनोपयोगी सीप हो । यो यस्तो व्यवस्थापकिय कला हो, जसले मानिसलाई सभ्य, शान्त र सरल बनाउँछ ।

नेपालमा तनावका कारणहरु

 

मनोविदहरुका अनुसार वढ्दो शहरीकरण, शिक्षित प्रतिशत वढेसँगै वढेको वेरोजगारी विदेश पलायन र कतिपय अवस्थामा सम्बन्धमा आएको अप्ठ्यारोले गर्दा नेपाली युवाहरु तनावमा फसिरहेका छन् ।

 

धनी बन्ने चाहना, मनपरेको चिज प्राप्त गर्न हदैसम्म गरेको त्याग र संघर्ष अनि अव्यवस्थित राजनीतिक अवस्थाका कारण युवाहरु दिनदिनै उच्च तनावमा जाकीरहेका हामी अनुभव गर्र्न सक्छौँ ।

 

राज्यले युवाहरुको तनाव र चाहनालाई संवोधन गर्न नसक्दा धेरै युवाहरु हत्या, अपहरण र आत्महत्या जस्ता डरलाग्दा अपराधहरुमा संलग्न भएका छन् ।

 

कसरी हुन्छ तनाव व्यवस्थापन ?

 

१. समस्या निर्कौल गनुहोस्

वास्तवमा तनावका पछाडि कुनै न कुनै कारण हुन्छ । कहिले काहीं कारण सुषुप्त हुनसक्छ । के भो के भो भनेजस्तो । सबभन्दा पहिले कारण पत्ता लगाउनुहोस् । सबैभन्दा चिन्ताको विषय कुन हो ? तपाईको चैन हराम गर्ने तपाईको दिनचर्या अस्तव्यस्त बनाउने कारणको पहिचान गर्नुहोस् ।

 

यदि यस्ता तनावका बहुकारण छन् भने एउटा कोरा कागजमा ति समस्याहरु लेख्नुहोस र आफैंले समाधानका विकल्पहरु पनि लेख्नुहोस् । जुन समस्या निर्विकल्प छ समाधान निस्किरहेको छैन र दिनदिनै तनाव दिइरहेको छ त्यसमा फोकस हुनुहोस् ।

 

त्यसलाई पनि समाधान गर्न सकिने उपायहरु लेख्नुहोस् । उत्कृष्ट छनोट गर्नुहोस् । याद गर्नुहोस तपाईको समस्याको (तनावको) व्यवस्थापन गर्न मुख्य व्यक्ति तपाई आफै नै हो ।

 

२. नजिकको साथीलाई भन्नुहोस्

तपाईको मनले खाएका व्यक्ति पहिल्याउनु होस् । त्यसमध्ये पनि तपाईलाई कसले वढी सहयोग गर्न र विश्वास गर्न सक्छ, चिन्नुहोस । मनको वह पोख्ने भन्दैमा चिने जति सबैलाई आफ्नो तनाव नकहनुहोस् । यसले झनै तनाव बढाउँछ ।

 

तपाईलाई अत्यन्त सकारात्मक रुपमा जसले बुझेको छ, त्यसलाई चिन्ने कोसिश गर्नुहोस् र खुल्नुहोस् । याद राख्नुहोस, नजिकको व्यक्ति तपाईको तनावको साक्षी मात्र हाे व्यवस्थापक होइन । तसर्थ उसले नकारात्मक रुपमा पनि तपाईलाई लिन सक्छ ।

 

यदि यस्तो भयो त्यो व्यक्ति तपाईको नजिकको हुनै सक्दैन । धैर्य राख्नुहोस् । यस्तो परिस्थितिमा पनि नहडबडाउनुहोस् ।

 

३. मनोचिकित्सकसँग परामर्श

मनोचिकित्सका जाने भन्ने वित्तिकै म कतै पागल त भइन भन्ने दुर्भावना पटक्कै नराख्नुहोस् । प्रायः जिल्ला र अञ्चल अस्पतालमा मनोचिकित्सक नियुयिक्त भएका हुन्छन् ।

 

तपाई उनीहरुलाई आफ्ना हरेक समस्या, चिन्ता, डर कहनुहोस् । उनीहरुले तपाईलाई नकारात्मकरुपमा लिदैनन् । यो धेरै खर्चिलो पनि हुँदैन । कमसेकम तपाईको तनावले तपाईलाई पार्ने हानीभन्दा यो खर्च अत्यन्त न्युन हुन्छ ।

 

४. कानुनी परामर्ष

तपाई तनावमा रहनुको कारण आर्थिक, सामाजिक, राजनीतिक तथा परिवारिक झमेलापनि हुन सक्छ । कानुनमार्फत तपाईले न्याय पाउनसक्नुहुन्छ । कानुन व्यवसायीहरु तपाईका सहयोगी पनि बन्न सक्छन् ।

 

तपाईको वरपर कानुन व्यवसायी रहेका हुनसक्छन् पत्ता लगाउनुहोस् । सबै कानुन व्यावसायीहरु पैसाका लागि कानुनको फरक अर्थ लगाउने हुँदैनन् ।

 

५ मन नै सबथोक

तपाईको तनावको कारण तपाईको मन नै हो । मनलाई स्थिर बनाउनुहोस् । सकारात्मक सोचको विकास गर्नुहोस् । चित्त सुद्ध पार्ने प्रयास गर्नुहोस् । याद गर्नुहोस्ः तनाव लिने होइन, नत दिने हो । यसका लागि मन नै सबथोक हो । त्यसै भनिएको होइनः बरु चरेस खाइन्छ हरेश खाइन्न ।