अपराध सुरक्षा

समाचार

एकतीस वर्षदेखि फरार अभियुक्त पक्राउ

शनिबार, १५ जेठ २०७३ गते मा प्रकाशित

arrest-handcuff

 जेठ - १५ - फरार अभियुक्तको खोजतलास गर्ने अभियानअन्तर्गत सिरहा प्रहरीले ३१ वर्षदेखि फरार एक अभियुक्तलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा महनौर गाविस–४ का ६५ वर्षीय रामदेव कामती रहेका छन् । विसं २०४२ फागुन १२ गते जिल्ला अदालत सिरहाले कर्तव्य ज्यान मुद्दामा कामतीलाई छ महिना कैद सजाय सुनाएको थियो । अदालतको फैसलापछि कामती लुकीछिपी बस्दै आएका थिए ।

पक्राउ परेका कामतीलाई जिल्ला अदालत सिरहामा आवश्यक कारबाहीका लागि पेस गरिने सिरहाका प्रहरीले जनाएको छ । कपडा बरामद भारतबाट भन्सार छलेर सिरहा ल्याउँदै गरेको लाखौँ मूल्य बराबरको कपडा प्रहरीले बरामद गरेको छ । कपडा व्यापारी भने पक्राउ पर्न सकेनन् । जिल्लाको अर्नमा प्रपि–५ स्थित मनिकलाल दासको बारीमा राखिएको अवस्थामा प्रहरीले रु तीन लाख १२ हजार ४६२ बराबरको अवैध कपडा बरामद गरिएका हो । बरामद कपडा जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने प्रहरीले जनाएको छ । रासस