अर्थ

व्यापार

समाचार

व्यवस्थित बजारीकरण नहुँदा तरकारी उत्पादक किसान मारमा

बुधबार, १२ जेठ २०७३ गते मा प्रकाशित

Vegetables

जेठ, १२, दाङ,  चैतको मध्यदेखि उत्पादन हुन थालेको बेमौसमी तरकारी जेठ पहिलो सातामा आइपुग्दा उत्पादन बढेर १० गुना पुगेको छ । तर तरकारी खपत हुन नसक्दा किसान मारमा परेका छन् । At Mercado dos Lavradores, Funchal खपत भएको तरकारीको मूल्य समेत पाँचगुना घटेको किसान बताउँछन् । लमही नगरपालिका–६ घुम्नाकी सुनिता चौधरी बिहान तरकारी बोकेर लमही आउने गरे पनि सबै बिक्री नहुने र बिक्री भएको तरकारीको उचित मूल्य नपाएको बताइन । “बिक्री नुहँदा विचौलियाले न्यून मूल्यमा तरकारी माग्छन् । फर्काउनुभन्दा उचित मूल्य नपाउँदा पनि बिक्री गर्न वाद्य छौँ” उनले भनिन् । बेमौसमी तरकारीको देउखुरी बाहिर बजारीकरण हुन सकेको छैन । तरकारीको बजार व्यवस्थापनका लागि सरोकारवालाले चासो नदिएको किसानको गुनासो छ । देउखुरी क्षेत्रमा चिस्यान केन्द्र समेत छैन । त्यस्तोमा विचौलियाले फाइदा उठाउने गरेका छन् । बजारीकरण गर्न कतैबाट सहयोग नपाइएको बेमौसमी तरकारी खेती गर्दै आएका हिरा चौधरीको भनाइ छ । जेठको पहिलो सातादेखि तरकारीको मूल्यमा कमी आएको छ । आफँैले टाउकोमा बोकेर लमहीसम्म ल्याएको तरकारी किसानले उपभोक्ता र ठेकेदारलाई फरक फरक मूल्यमा बेच्ने गरेका छन् । करेला सोझै उपभोक्तालाई प्रतिकिलो रु २० देखि रु ३० मा बिक्री गरेपनि ठेकेदारले प्रतिकिलो रु १० देखि रु १२ मात्र दिने गरेका छन् । वैशाख अन्तिम सातासम्म करेला प्रतिकिलो रु ६० मा बिक्री भएको थियो । यस्तै बोडी प्रतिकिलो रु ३० रुपैयाँ, काँक्रा रु १५ देखि रु २० तथा रामतोरिया प्रतिकिलो रु ३० मा बिक्री भइरहेको छ । देउखुरीमा दैनिक सयाँै टन तरकारी उत्पादन हुन्छ । यहाँ उत्पादित तरकारी घोराही र तुलसीपुरमा समेत खपत हुँदै आएको छ । यहाँको तरकारी अन्य जिल्लामा समेत बजारीकरण हुन सके किसानले मनग्य आम्दानी गर्न सक्ने बताइएको छ । किसानले चिस्यान केन्द्रको समेत माग गर्दै आएका छन् । रासस