कभर स्टोरी मेरो परिवार मेरो कथा सफलताको कथा

गर्धन मुनिका कुनैपनि अङ्ग नचल्ने अमिरको चमत्कार !

गर्धन मुनिका कुनैपनि अङ्ग नचल्ने अमिरको चमत्कार !

गरिवीमा पिल्सिएकालाई धनको महत्व ज्यादा हुन्छ । बुबाआमाको व्यथा चर्कै थियो । अमिर जन्मिएपछि उनीहरुमा भिन्दै आशा जागेको थियो– आफ्नो पालामा त त्यस्तै भयो, छोराले कायापलट गर्छ । त्यसैले जन्मजात शिशुको नाम राखिदिए–अमिर । १६ बर्ष अघि उनी जन्मदा हजुरआमा खुशीले नांचेकी थिइन् । आमामा नपत्याइदो उर्जा छाएको थियो । बुबाको जोश ह्वात्तै बढेको थियो । आशाको केन्द्रका रुपमा अमिरलाई हेरिएको थियो । Amir-2 भाविलाई यो सब मन्जुर थिएन । अमिरको उमेर बढ्दै गयो । तर शरीर चल्न सकेन । हातखुट्टा नचल्ने, हर नहल्निे भयो । छोरोले कहिले कोल्टे फेर्ला, कहिले बामे सर्ला भनेर दिन गनेका परिवारजनमा निराशाले छोप्यो । डाक्टरले अमिरलाई Arthrogryposos Multiplex Congnita को समस्या भएको बताए । उनलाई घरमा ल्याइयो । आमाले आफ्नै तरिकाले स्याहरसुसार गर्नु भयो । Amir-3 मलमुत्र आफैं तर्काउन नसक्ने । आमाबुबाले मजदुरी नगरी खान नपुग्ने । अमिर दिनभर एक्लै बस्नुपथ्र्यो । नजिकै गुम्बा थियो । कौसीबाट गुम्बाको चहलपहल हेर्थे । मानिसहरु हतारमा यात्रा गरेका देखिन्थे । उनलाई केहीको हतार थिएन । दिन काट्नु नै उनको उपलब्धी थियो । मनमनै सोच्थे,‘मैलेपनि केही गर्नैपर्छ ।’ तर, खबरदारीको शैलीमा एकाएक मनमा तिरझैं प्रश्न तेर्सिन्थ्यो,‘आखिर कसरी ?’ बाटो हिड्ने कौसीतिर हेरेर जिस्क्याउंथे, ‘घरकुरुवा के छ ?’ उनलाई यो शब्दले पिन्च ग¥यो । शब्दबांण नै बरदान भयो । उनले मनमनै केही गरेरै छाड्ने र घरकुरुवा भन्नेहरुलाई देखाइदिने अठोट लिए । Amir-4 घरमै बसीबसी केही गर्न सकिएला कि नसकिएला ? उनले गम खान थाले । एकाएक उनलाई गुम्बाको चित्र बनाउन मन लाग्यो । उनले मुखमा कलम च्यापेर कपीमा चित्र कोर्न थाले । उनको यो विचित्रको प्रयास देखेर परिवारमा सबै दंग परेर उनलाई नियाली रहेका थिए । उनले आफ्नो मुखलाई बंग्याउँदै अथक संघर्ष गरे । उनले जनतेन गुम्वाको चित्र कोर्न सफल भए । गुम्बाको आकृति जस्तोसुकै बनेको होस्, सो चित्रले उनको जीबनरेखा नै बदलिदियो । आफुलेपनि कोशिश गरे केहि  गर्न सक्ने आत्मविश्वास पैदा भयो । मरुभुमीरुपी जीबनमा पालुवारुपी आशा पलायो । उनले प्रयास जारी राखे । उनको प्रयासमा महत्वपूर्ण सहयोगी बनिन् अनिता बल । अनिताले अमिरलाई फुलबुट्टा फर्न सिकाइन् । मुखले कापीका सेता पानामा अक्षर कोर्न थाले । ‘सुरुका दिनमा अक्षर ठूला हुन्थे, नराम्रा हुन्थे, धेरै मेहनत पछि अहिले राम्रो भएको छ ।’ अमिर अनुभव सुनाउंछन् ।

 अमिर बम्जन कल्पनामा रमाउन थालिसकेका थिए । दिनभर प्रायः एक्लै हुन्थे । मनमा अनेक कुरा खेल्थे । मनको वेदना र कल्पनालाई उनले गितकवितामा ढाल्न थाले । ‘घरमा एक्लै बस्दा कोही हुँदैनथे । त्यही पीडा भुलाउन कविता लेखेँ, गीत लेखे र गाएँ, चित्र कोरेँ ।’ अमिर भन्छन्, ‘मलाई मानिसले भन्दा धेरै साथ प्रकृतिले दियो । वरपरको वातावरणले दियो । चराचुरुंगी, पहाड, रुखविरुवा बोल्न त बोल्दैन तर पनि उनीहरु मसँग कुरा गरे जस्तो लाग्छ, खेले जस्तो लाग्छ, जिस्किदै लुकामारी गरे जस्तो लाग्छ ।’ उनको परिवारमा अर्को बज्रपात आइलाग्यो । २०७२ बैशाख १२ को भुकम्पले उनको घरमा क्षती पुग्यो । हलचल गर्न नसक्ने व्यक्ति शौचालयमा रहेको बेला भुकम्प आउंदा कस्तो भयो होला ? अमिर सुनाउंछन्, “म सौचालयमा थिएँ । थरर गरेको आवाज आयो । मेरो त मुटु नै काम्यो । म आतिए र कराएँ । आमा आएर मलाई बोकेर बाहिर निकाल्नु भयो । अनि मात्र थाहा पाएँ भुकम्प आएछ ।” उनको परिवारको जीवन झन कष्टकर बन्यो । बर्ष दिनको कमाइले ६ महिनामात्र खान पुग्थ्यो । त्यसमाथि त्रिपालको बास भयो । बल्लतल्ल बनाएको घरपनि भुकम्पले भत्काइदियो । पराकम्प आइरहने । सक्ने त कुत्थे । उनीलाई फसाद पथ्र्यो । आफैं बांच्न मुस्किल परेको बेला परिवारका सदस्यले उनलाई बचाउन हैरानी खेप्नु पथ्र्यो । त्यो क्षण सम्झदा उनलाई झनै पीडा हुन्छ ।

Amir-6 युनिसेफ र करुना फाउण्डेसनले भुकम्पपछिको अवस्था अध्ययन गर्न मकवानपुर पुग्यो । भुकम्प प्रभावीत क्षेत्रका बालबालिकाको अवस्थाको अध्ययन गर्ने कार्यक्रम थियो । करुणा फाउण्डेशनका सुदिप काफ्लेसंगको भेटले अमिरको जीबनले कांचुली फेर्यो । करुणा फाउण्डेसनले उनलाई काठमाण्डौ ल्यायो । अहिले उनी कालिमाटीस्थित होस्टेलमा बस्छन् । १५ मिनेटको दुरीमा रहेको SERC विशेष स्कुलमा उनी पढ्छन् । उनले ठट्टा गर्दै भन्छन् ‘अरुले हातले लेख्छन् मैले मुखले लेख्छु ।’ उनलाई आमा र हजुरआमाले पालैपालो स्याहार गर्नुहुन्छ । Amir-7 वरिष्ठ चित्रकार किरण मानन्धरले अमिरको क्षमता देखेर चकित छन् । शारीरिक रुपमा अपांग किशोरले मुखको साहराले चित्र बनाएको देखेपछि चित्रकलाका उस्ताद किरणको मन छोयो । किरणले अमिरलाई चित्रकलाका बहुआयामका बारेमा पढाउन थाले । क्षमता छंदैथियो, निखार्न बांकी थियो । किरणको सिकाइबाट अमिर क्यानभासमा रंग भर्न सक्ने भए । उनका चित्रकला कलाप्रेमीले मन पराएका छन् । हालै उनले कमलपोखरीस्थित रसियन कला केन्द्रमा एकल चित्रकला प्रदशनी गरे । ४० चित्र राखिएका थिए । ४० चित्र मध्ये २० चित्र विदेशीले किने, १८ वटा नेपालीले किने । चित्र विक्रीबाट १ लाख ३१ हजार कमाइ भयो । चित्रकलामा मात्र होइन, संगितमा पनि अमिर निखारिएका छन् । किरणले नै अमिरलाई संगितकार न्ह्यु  बज्रचार्यसंग भेटाइदिए । अमिरलाई भेटेपछि ब्रजचार्य उत्साहित भए । नयांनयां प्रतिभालाई प्रोत्साहन गर्ने ब्रजचार्यको भिन्दै कौशल छ । सो कौशल अमिरको हकमा पनि देखियो । छोटै अवधिमा अमिरले आमा बोलको गीत रेकर्ड गराए । Amir-8

सपना देख्नेले पूरा गर्न सक्छ । अमिरले सपना देखे, अथक प्रयास गरे र पूरा गरे । तर, उनी यत्तिमा सिमित छैनन् । थप सपना देख्न छाडेका छैनन् । भलै उनको शारीरिक समस्या उस्तै छ । कोही नहुंदा गुं–मुतमै लतपतिनुको बिकल्प छैन । तर, शारिरीक अशक्तताले उनको सृजनालाई छेकेको छैन । बरु मैले केही नयां नगरी हुन्न भन्ने मनोविज्ञान तयार गरिदिएको छ । अमिर साँच्चै अमिर छन् । उनी कलामा अमिर छन्, गलामा अमिर छन् । कवितामा धनी छन् । गरिव त केवल शारीरिकरुपमा छन् । हण्डरठक्करसंग नहार्ने अमिरले लिएको अठोट उनकै शब्दमा यस्तो छ ।

हार्नुसम्म हारेँ अव हार्ने छैन । टुक्रिएको मनलाई अव मार्ने छैन । जिन्दगीमा नहारिकन अगाडि बढ्ने छु । यो मनलाई शान्ति राखि सधै सर्ने छु ।


फोटोः गगन थापा  । प्रस्तुतिः नेत्र पौडेल  
amir bamjan artist