प्रवास

समाचार

समाज

युवा विदेश पलायनले युवाविहीन बन्दै गाउँ

मङ्गलबार, ११ जेठ २०७३ गते प्रकाशित
- नेपाल आज(SS)

युवा विदेश पलायनले युवाविहीन बन्दै गाउँ

जेठ, ११, देशको अवस्था र गाउँमा रोजगारीको सम्भावना नदेखेपछि जिल्लाका अधिकांश युवा विदेश पलायन हुने क्रम बढ्दो छ । यसरी युवा विदेशिन थालेपछि गाउँका बस्ती युवाविहीन भएका छन् । [caption id="attachment_2090" align="alignnone" width="482"]bidesh File Photo[/caption] बर्दिवास, भङ्गाहा–३ पलारका ३० वर्षीय रामदयाल बाँतर साहुसँग चर्को ब्याजमा ऋण काढेर कतार गएका छन् । बिरामी बुबाको हेरचार गरी परिवारसँग बसेर काम गर्ने सोच बनाएका सोही बस्तीका मकबुल राइन पनि साउदी अरब पुगेका छन् । साहुले ऋण पत्याएका युवा खाडी मुलुक तथा अन्य युवा भारतका विभिन्न सहर जाने क्रम बढ्दै गएको छ । यी उदाहरण भङ्गाहा गाविसको एउटा बस्तीको भए पनि यसले जिल्लाकै सबैजसो गाउँबस्तीको प्रतिनिधित्व गर्ने सीतापुरका सञ्जीवकुमार साह बताउनुहुन्छ । गाउँमा युवा नहुँदा आपत् विपत्का समयमा निकै अप्ठ्यारो पर्ने गरेको साहको भनाइ छ । “गाउँमा सानोतिनो काम अराउन युवा भेटिन्नन्, मर्दापर्दा त झनै सकस पर्छ,” उनले भने  । जिल्लाको भ्रमरपुरा गाविस अहिले  साउदी अरबकै नामले चिनिन थालेको छ । यहाँका अधिकांश युवा साउदी अरब पुगेका छन् । जिल्लाको दक्षिणी क्षेत्रका गाउँमा परिवारको भरणपोषणको मुख्य स्रोत वैदेशिक रोजगार बनेको छ । युवा पुस्ता भारत र अरब लाग्दा सामाजिक र सांस्कृतिक महत्वका चाडपर्व निरस हुँदै गएको भटौलिया गाविसका जामुन मण्डल बताउनुहुन्छ। अचेल गाउँमा नाचगान गर्ने, बिहेबटुलोमा काम सघाउने, बिरामी पर्दा अस्पतालसम्म पु¥याइदिने र मर्दा घाट पु¥याउने मान्छेको अभाव हुन थालेको छ । युवा पुस्ता विदेश पलायन हुँदा खेतीपातीको काम निकै प्रभावित भएको छ । कृषि मजदुर नपाउँदा बाली लगाउन नपाएकाले धेरैजसो जग्गा बाँझो रहेको छ । विदेश पलायन रोक्न नसके चाँडै जिल्लाको लघुउद्यम र कृषि क्षेत्र ठप्प हुने किसानको चिन्ता छ । जिल्लाबाट अरब राष्ट्रबाहेक भारतमा जानेको सङ्ख्या ४० हजार नाघेको रोजगार प्रवद्र्धन क्षेत्रमा कार्यरत सङ्घसंस्थाले जनाएका छन् । गाउँमा काम नपाइने, पुँजीको अभाव र विभिन्न आन्दोलनका कारण युवा बिदेसिने क्रम ह्वात्तै बढेको हो । गाउँमै बसेर केही उद्यम गर्ने सोच बनाए पनि स्रोत साधन जुटाउन नसक्दा गर्जो टार्न बिदेसिनु परेको वैदेशिक रोजगारमा जानेहरुको भनाइ छ । जिल्लाबाट राहदानी बनाएर बिदेसिनेको सङ्ख्या करिब एक लाख ५० हजार बढी रहेको सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । रासस