अर्थ

शेयर

सेयर बजारले हरेक दिन रेकड राख्दै आजको रेकड यस्तो

सोमबार, १० जेठ २०७३ गते प्रकाशित
- नेपाल आज(SS)

सेयर बजारले हरेक दिन रेकड राख्दै आजको रेकड यस्तो

  जेठ, १० काठमाण्डौ, गत सातादेखि सेयर बजारमा नयाँ रेकड बन्ने क्रम जारी नै छ । आइतबारको रेकड तोड्दै नेप्सेले सोमबार नयाँ रेकड बनाएको छ । Share सोमबारको कारोबारमा नेप्से परिसूचक र इन्सोरेन्स समूहले नयाँ रेकड बनाए । नेप्से १४.६८ अंकबाट वढेर १५२४.०७ अंकमा पुग्यो । कारोबारको नयाँ रेकड राख्दै १ अर्ब ४४ करोड ५१ लाखको सेयर किनबेच भयो । आइतबार १ अर्ब २४ करोड रुपैयाँको कारोबार भएको थियो । बिमा समूहको सूचक १० अंकले वढ्यो । त्यस्तै बैंक समूहमा ४८ करोड ५४ लाखको सेयर कारोबार भयो । १४ करोड ९७ लाखको कारोबार गर्दै विकास बैंक समूह तेस्रो स्थानमा रह्यो । सरकारले जेठ १५ गते बजेट प्रस्तुत गर्दै छ । त्यसको असर धितोपत्रमा परेकोले अहिले बजार उचालिएको विज्ञहरु बताउँछन् । र यो समय केही ठूला लगानीकर्ता सेयर बेच्ने तरखरमा छन् भने केही लगानीकर्ता बजार उचालिएको देखेर सेयर किन आतुर छन् ।