अर्थ

शेयर

आज पनि नेप्से उकालो लाग्दै

बिहिबार, ०६ जेठ २०७३ गते मा प्रकाशित

kp-oli-prahanda-and-Dauba

जेठ, ६ आज नेप्से परिसुचक ११ दशमलव १७ अंकले बढेर १ हजार ५ सय ७ दशमलव ५८ अंकको बिन्दुमा कारोबार भईरहेको छ । त्यस्तै क वर्गको मापन गर्ने सेन्सिटिभ इन्डेक्स २ दशमलव ४३ अंकले बढेर ३ सय २६ दशमलव २१ अंकको बिन्दुमा कारोबार भईरहेको छ । अहिले १ सय २ वटा कम्पनीहरुको १ हजार २ सय ७० वटा कारोबारबाट ३ लाख ६१ हजार ५ सय १८ कित्ता शेयर खरिद बिकी भई २६ करोड २९ लाख २२ हजार रुपैयाँको कारोबार भइरहेको छ । Share आजको नेप्से परिसूचकमा बढनेमा सबैभन्दा बढी विमा समुहका १ सय १ दशमलव ६३ अंकले, हाइडोपावर समुह २१ दशमलव २१ अंकले, विकास बैंक समुह १० दशमलव ८२ अंकले, होटल समुह १० दशमलव ८२ अंकले, होटल समुह ९ दशमलव ०७ अंकले, बैंकिंग समुह ८ दशमलव ८६ अंकले, अन्य समुह ५ दशमलव ८८ अंकले र फाइनान्स समुह २ दशमलव ४९ अंकले बढेको छ । बुधबार नेप्से परिसुचक १२ दशमलव ७३ अंकले बढेर १ हजार ४ सय ९६ दशमलव ४१ अंकको विन्दुमा पुगी कारोबार बन्द भएको छ ।