सेयर बजारः साताको अन्तिम दिन नेप्से १३ दशमलब ९८ अंकले उकालो

Want create site? Find Free WordPress Themes and plugins.

मंसिर – ३८ । केही समयदेखि निरन्तर ओरालो लागेको सेयर बजार साताको अन्तिम दिन विहीबार उकालो लागेको छ । बजार ओरालो लागेर चिन्तित देखिएका लगानीकर्ता बजार उकालो लागेपछि खुसी देखिएका छन् ।

कारोबारमा नेप्से १३ दशमलब ९८ अङ्कले उकालो लाग्दा परिसूचक १५३०.०६ अङ्कमा पुगेको छ । बजार दोहोरो अङ्कले बढ्दा समग्र बजार शून्य दशमलव ९२ प्रतिशतले उकालो लागेको हो ।

१३१ कम्पनीको ६ लाख ६८ हजार कित्ता सेयर ४९ करोड ३९ लाख ३० हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने घटेको छ । बाँकी समूहको परिसूचक हरियो भएको छ ।

बिमा समूहको परिसूचक ९२ दशमलव २३ अङ्कले उक्लिएर अग्र स्थानमा देखियो । होटेल समूहको परिसूचक ३३ दशमलब ८८ अंक बडेर दोस्रो स्थानमा देखियो भने डेभलपमेन्ट बैङ्कको २०.०१, बैंङकिङ समूहको १३.५३, जलविद्युत समूहको ८.७९ र वित्त समूहको परिसूचक ६.५४ अङ्कले उकालो लागेको छ ।

Did you find apk for android? You can find new Free Android Games and apps.

फेसबुक प्रतिक्रिया