वर्ल्ड

चेङ्गडु विमानस्थलमा १० हजार यात्रु अड्किए

बिहिबार, २३ मङि्सर २०७३ गते मा प्रकाशित

china-flag

मंसिर–२३ । चीनको दक्षिणपश्चिमी सहर चेङ्गडुमा भारी मात्रामा लागेको कुहिरोको कारण बुधबार रातिबाट उडानहरुमा भएका ढिलाई र रद्दका कारण १० हजार भन्दा बढी यात्रुहरु अड्किएका छन् । बुधबार राति ११ बजेबाट भारीमात्रामा लागेको कुहिरोको कारण परिदृष्यता (भिजिबिलिटी) क्षमतामा परेको प्रभाव बिहीबारसम्म पनि सफा नभएको जनाइएको छ । बुधबारबाट करिब ८ घण्टासम्म धावनमार्ग नै बन्द गरिएको छ । चेङ्गडु सुआङ्गलिउ अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार बिहीबार विहान ०८ बजेसम्म १०२ वटा उडान रद्द भएका छन् भने, १० हजार भन्दा बढी यात्रु विमानस्थलमा अड्किएका छन् । विमानस्थलमा अवतरणको लागि आएका ६० वटा आगमन विमानहरुलाई बलपूर्वक अन्य विमानस्थल र प्रस्थान भएकै विमानस्थलमा फर्काइएको छ । रासस÷सिन्ह्वा