राजनीति

मधेसी आउन् कि नआउन् अब चुनावमा जाने–प्रधानमन्त्री दाहाल

आइतबार, १९ मङि्सर २०७३ गते मा प्रकाशित

puspa-kamal-dahal-prachanda

मंसिर १९ । प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयकमा संघीय गठबन्धन र त्यसमा आवद्ध मधेसी मोर्चा नआए स्थानीय तहनको चुनावा घोषणा गरेर अघि बढ्ने बताएका छन् । लाजिम्पाटमा शनिबार बिहान बसेको माओवादी हेडक्वाटर बैठकमा पार्टी नेताहरुल्ो चुनाव मिति घोषणा गरेर अघि बढ्न दबाब दिएपछि प्रधानमन्त्री दाहालले चुनावतिरै सरकारको तयारी रहेको बताएका छन् । दाहालले संशोधन विधेयकको पक्षमा गठबन्धन र मोर्ताका नेताहरु नउभिएमा त्यसलाई अघि नबढाइने बताएका थिए । –कान्तिपुर दैनिकबाट