राजनीति

जनादेश ब्युँताउने प्रचण्डको घोषणा

जनादेश ब्युँताउने प्रचण्डको घोषणा
janadesh-nepalaaja
माओवादी केन्द्रले जनादेश साप्ताहिक ब्युँत्याउने भएको छ । माओवादी अध्यक्ष एंव प्रधानमन्त्री प्रचण्डले प्रेस सेन्टर नेपालको बैठकलाई सम्बोधन गर्दै जनादेश पुनः संचालन गर्ने घोषणा गरेका हुन् । बालुवाटारमा सेन्टरको दोस्रो बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संचार क्षेत्रमा माओवादीको उपस्थिति कमजोर रहेको र माओवादीविरुद्ध अफवाह फैलिएको टिप्पणी गरेका थिए । माओवादी युद्धकाल तथा शान्ति प्रक्रियाको प्रारम्भिक कालमा जनादेशले माओवादीको मुखपत्रको भुमिका निर्वाह गरेको थियो । केही बर्ष पहिले आन्तरिक कलहको चेपुवामा परेको जनादेश पछिल्लो समय बन्द रहेको छ । बाबुराम भट्टराईले आफ्नो नाममा दर्ता रहेको जनादेश मनरिषी धितालको जिम्मा लगाएका थिए । जनादेश कसरी र कहिलेदेखि संचालन गर्ने भन्ने बारेमा छिट्टै टुंगो लाग्ने बताइएको छ । prachanda ko ghosana