जगदम्बासँग अरु सिमेन्टको तुलना हुँनै सक्दैन : सरकार

Want create site? Find Free WordPress Themes and plugins.

 

jagadamba-cement-nepalaaja-02

‘आऔं सबै मिलि देश बनाऔं’ यो नारा झट्ट सुन्दा कुनै राजनीतिक दलको जस्तो लाग्छ । दिनहुँ रेडियो टिभीमा छाइरहने यो नाराले देश निर्माणको संकल्प गरेको छ । यो संकल्पयुक्त नारालाई जनजनमा पुर्‍याउँने  काम गरेको हो जगदम्बा सिमेन्टले ।

‘हामी विशुद्ध व्यापार गर्दैनौँ । हाम्रो व्यवसायले देशलाई टेवा पुगोस् भन्ने हो ।’ जन्मले भारतीय भए पनि कर्मका कारण नेपालमा भिजेका र नेपाललाई चिनेका पिके सरकार थप्छन्, ‘हामी सामाजिक उत्तरदायित्वसहितको व्यवसायमा जोड दिन्छौँ । जगदम्बामा मेरो जोड यसैमा छ ।’

कलकताको सेन्ट जेभीयर्स स्कुल र कलेजबाट नै उच्च शिक्षा हासिल गरेका सरकार जगदम्बा सिमेन्ट इन्डस्ट्रिज प्रालिका उपाध्यक्ष हुन् । बैगंलोरबाट एमबिए गरेका सरकारको सूत्र छः ‘ व्यवसाय पनि गर तर समाजलाई प्रत्यक्ष योगदानपनि गर ।’  ‘मलाई आफुले काम गर्ने कम्पनीले व्यापार मात्रै होइन, सामाजिक  काम पनि गरोस् भन्ने लाग्छ । जनताको सेवा नगरी व्यपारमात्र गर्नुमा मजा हुँदैन ।’ सरकारले आफ्नो व्यवसायिक सार सुनाए ।

७ बर्ष अघि मोरङ अटो वर्क्सको बिजनेस हेडका रुपमा नेपाल आएका सरकारले ४ वर्षसम्म त्यहीँ  काम गरे । त्यसपछि कम्पनी  परिवर्तन गरी सिमेन्ट उद्योगको जिम्मेवारी लिए । ‘नेतृत्वदायी भूमिकामा  आएदेखि म जगदम्बालाई जनताको सिमेन्टका रुपमा स्थापित गर्न लागि परेको छु । विश्वासीलो, गुणस्तरीय, सर्वसुलभ र देश निर्माणको अंशियार हौँ भन्ने पुष्टि गर्न हामी सफल भएका छौँ ।’ सरकारको दाबी छ ।

शुरुमा आउँदा उनलाई नेपाल बारे धेरै ज्ञान थिएन । उनी नेपाली भाषा बोल्न पनि जान्दैनथे । बेलाबेला भाषाको समस्या पर्दथ्यो । तैपनि उनले काम गर्न छाडेनन् । नेपाली समाज र मनोविज्ञानलाई नजिकबाट अध्ययन गरे । नयाँ मिसन र भिजन लिएर अगाडि बढे । ४ वर्षको अवधिमा मोरङ अटो वर्क्सलाई उनले नयाँ उचाईमा पुर्‍याए । पछिल्लो समय जगदम्बा सिमेन्टको लोकप्रियता बढ्दो छ । जगदम्बाको प्रगति विवरण सुनाउँदै गर्दा फुरुङ्ग देखिएका सरकार भन्छन्, ‘यसको जस मेरो टिमलाई जान्छ ।’

उनी भन्छन् ‘म जहाँ जान्छु , त्यहा गैसकेपछि निश्चित रुपमा त्यो कम्पनीले नयाँ उचाई लिन्छ । म धेरै भन्दा धेरै नयाँ र सिर्जनात्मक जुक्ति खोज्ने गर्छु । म टिममा विश्वास  गर्छु । आफ्नो टिममा भएका सबै साथीहरुको क्षमतालाई बुझेर काम गर्छु । टिमको सदस्यहरुको क्षमताको उचित मुल्यांकन गररे टिम वर्कमा चल्ने भएकाले म जहाँ गए पनि सफल हुन्छु ।’ उनी आत्मविश्वासी  देखिन्छन् ।

सरकारका अनुसार उनी जगदम्बा सिमेन्टमा आउँदा जगदम्बा सिमेन्ट आफैमा ब्रान्ड थियो । अटोमोर्टसमा काम गरेका सरकारलाई सिमेन्ट सम्बन्धी ज्ञान थिएन । तै पनि उनलाई आत्मविस्वास थियो, जगदम्बा सिमेन्टलाई नयाँ उचाईंमा लैजाने ।

अटोमोबाईल्सबाट सिमेन्ट ईण्डस्ट्रीमा छिरेका सरकार कम्पनी र आफु स्वंय सफल हुनुमा काम गर्ने कर्मचारीहरुसंगको सहकार्य, सहयोग भएको बताउछन् । आत्मविश्वास, लगनशिलता र नयाँ योजनाका कारण कम्पनी सफल भएको उनको विश्वास छ ।

जगदम्बा सिमेन्टमा उनी आईसकेपछि व्यापार ४२ प्रतिशत  बढेको पिके सरकारको दाबी छ । कारोबारलाई आगामी बर्ष थप बढाउने ध्याउन्नमा सरकार छन् ।

९ बर्ष अघि स्थापना भएका जगदम्बा सिमेन्टको माग पछिल्ला बर्षहरुमा ह्वात्तै बढेको छ । शुरुवातमा  दैनिक ६ हजार बोरा उत्पादन हुने जगदम्बा अहिले दैनिक २० हजार बोरा उत्पादन भइरहेको छ । बढ्दो मागका कारण थप उत्पादन गर्नुपर्ने स्थिति रहेको उपाध्यक्ष पिके सरकार बताउँछन् । उनी भन्छन् ‘सिमेन्ट बजारमा जगदम्बा सिमेन्टको एकछत्र राज छ । यसले उपभोक्ताको आत्मसन्तुष्टिलाई ध्यानमा राखेको छ । ’

सरकारले सिमेन्ट कम्पनीमा प्रतिस्पर्धा धेरै देखेका छन् । उनी भन्छन् ‘अहिले जगदम्बा सिमेन्टसामु चुनौती धेरै छन् । बजारमा धेरै सिमेन्ट कम्पनीहरु आएका छन् । तर, हरेक चुनौतीलाई अवसरमा बदल्न जगदम्बा सिमेन्ट तयार छ । जति सिमेन्ट आएपनि जगदम्बा जस्तो गुणस्तरिय सिमेन्ट ग्राहकहरुले अरु पाउँन  सक्दैनन्। ’

बजारमा आएका सिमेन्टको गुणस्तर एकनास छैन । कतिपयले गुणस्तरमा सम्झौता गरेका छन् र क्षणिकरुपमा बजार ओगट्ने प्रयास गरिरहेका छन् । ‘सरकारले सिमेन्ट कम्पनीहरुमा निगरानी गर्ने हो भने गुणस्तरहिन सिमेन्ट उत्पादन हुँदैन ।’ सरकार सुझाउँछन् ।

जगदम्बा सिमेन्टको आफ्नै ल्याब छ । ल्याबमा नियमित गुणस्तर परीक्षण हुन्छ । उच्चप्रविधिबाट सिमेन्ट उत्पादन हुने भएकोेले उत्पादन गुणस्तरीय  हुन्छ।  जुन जगदम्बाको मिसन र भिजन दुवै हो ।

जगदम्बा सिमेन्टको बजार शैली आक्रामक छ । यसले कुनै पनि उत्पादनको खरिदमा १ करोड ५० लाख रुपैयाँसम्मको घर बीमाकाे अफर गरेकाे छ ।   चाडपर्वकाे अफरले जगदम्बामा उपभाेक्ताकाे  आर्कषण बढ्ने गर्छ ।  ‘एकजना ग्राहक सन्तुष्ट भएपछि अर्को ग्राहकसमक्ष सन्देश जान्छ । ग्राहकले ग्राहकसँग राम्रो कुरा गरिदिनु नै हाम्रो उपलब्धी हो ।’ आक्रामक बजारको गुह्य कुरा खोले सरकारले ।

जगदम्बा सिमेन्टले नेपाल गुणस्तर अवार्ड २०१५ प्राप्त गरेको छ । यस अघि पनि २०१४ नेपाल गुणस्तर अवार्ड जगदम्बा सिमेन्टले नै पाएको थियो । नेपाल गुणस्तर तथा नापतौल विभागले दिने गुणस्तर अवार्ड दोहोराएर जितेको जगदम्बा सिमेन्टले ‘आऔं सबै मिलि देश बनाऔं’ अभियान संचालन गरिरहेको छ । सामाजिक उत्तरदायित्व अन्तरग सो अभियानमार्फत भुकम्पपीडितलाई सहयोगदेखि छात्रवृत्ति प्रदानससम्म छ ।

जगदम्बा सिमेन्टले भुकम्प प्रभावित जिल्ला केन्द्रीत गरी राहत, सहयोग र जनचेतना अभियान संचालन गर्दै आएको छ । भुकम्पपीडित ५०० बिद्यार्थीहरुलाई छात्रवृत्ति व्यवस्था गरेको जगदम्बा सिमेन्टले भुकम्प प्रतिरोधी घर निर्माणका लागि विशेष जनचेतना अभियान थालेको धेरै भइसक्यो ।

जगदम्बा सिमेन्ट गुणस्तरीय उत्पादन, वृहत सञ्जाल र गुणस्तरमा एकरुपताको पहिचान बनेको पिके सरकार बताउँछन् । उनी भन्छन् ‘आफ्नो उत्पादन तथा सहि निर्माण विधिका बारेमा उपभोक्तालाई साक्षर गराउने उद्देश्यले देशको विभिन्न ठाँउमा जगदम्बाले ‘ निर्माण साक्षरता’  कार्यक्रम सञ्चालन  गरेको छ । ’

पिके सरकारका अनुसार ईन्जिनियर, निमार्ण व्यवसायी र डीलरहरुसँगको नियमित छलफलले पनि जगदम्बा सिमेन्टको नेपाली बजारमा राम्रो पकड छ । उनी भन्छन ‘हामीले उपभोक्तासम्म  पुग्न व्यापार मात्र होईन सामाजिक  उत्तरदायीत्वको काम गरेका छौं। ’

‘हामी ग्राहकलाई जगदम्बा किन भन्दैनौँ, गुणस्तर चिन भन्छौँ । गुणस्तर चिन्न सक्ने बनाउँछौँ । त्यसपछि जगदम्बा किन्ने नकिन्ने उहाँहरुकै विषय हो ।’ सरकारले आफ्नो उत्पादनमा विश्वस्त  भएर जवाफ दिए ।

Did you find apk for android? You can find new Free Android Games and apps.

फेसबुक प्रतिक्रिया