अपराध सुरक्षा

गाँजासहित २ पक्राउ

आइतबार, १४ कार्तिक २०७३ गते मा प्रकाशित

hatkadi

कात्तिक १४ । सप्तरी प्रहरीले ६ किलो लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । hatkadi जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले हनुमाननगर योगिनीमाई नगरपालिका–१ स्थित लालु यादवको माछा फार्ममा लुकाइछिपाई राखिएको ६ किलो लागुऔषध गाँजा नियन्त्रणमा लिएको डिएसपी दानबहादुर कार्कीले बताए । प्रहरीले माछा फार्म सञ्चालक यादव र भारतको सुपौल जिल्ला देवीपुरका धनराज मुखियालाई नियन्त्रणमा लिएको छ ।