समाज

गाईपुजा त्यसै गरिएको होइन, कारण धेरै छन्

आइतबार, १४ कार्तिक २०७३ गते प्रकाशित
- नेपाल आज (DR)

गाईपुजा त्यसै गरिएको होइन, कारण धेरै छन्

gai_goruकात्तिक १४ । यमपञ्चकको तेस्रो दिन लक्ष्मीपुजासँग गाईपुजा पनि गरिन्छ । हिन्दु धर्ममा गाईलाइ लक्ष्मीको रुपमा पुजिन्छ । आजको दिन शहर झिलीमीली हुने गरी सजाएर बत्ती बालिन्छ । भैलीनी र देउसिरे भन्दै भाका हाली गीत गाउँदै देउसी खेलिन्छ ।

बिहानै गाईलाई पूजा गरे्र फूलमाला लगाईन्छ । वैदिक सनातन हिन्दू संस्कार र सनातन धर्ममा गाईको स्थान एउच्च छ । हिन्दू धर्मावलम्वीहरुले आमाको स्थानमा अर्थात् मातृ रुपमा हेर्ने गाईका हरेक कुराहरु पूजनयोग्य मानिन्छ । हिन्दु धर्मको विभिन्न संस्कारहरुमा गाईको गहुत तथा गोवर आवश्यक हुन्छ । धार्मिक वा सामाजिक संस्कार गर्नु अघि गाईको गोबरले घर लिपपोत गर्ने तथा गहुत छर्केर चोखो तुल्याउने चलन छ । त्यसैले गाइलाई पशुधनको रुपमा पुजिन्छ ।

आजको दिन राति घरमा भएका सम्पूर्ण द्रब्य, गरगहना अनि श्रीसम्पतीलाई लक्ष्मीको स्थापना गरेर पूजा गरिन्छ । घरघरमा केराका जोर खम्बाहमा बाँसका चुच्चो पारी सजाइएका भाटाहरुमा दियोहरु राख्ने ठाँउ पनि आजकै दिन बनाईन्छ ।

आँगनमा विभिन्न आकार प्रकारका रङ्गोली बनाउने चलन पनि छ । अर्कोतर्फ राति लक्ष्मी माता पृथ्वीलोकमा आउने र आशिष दिएर जाने जनउक्ति पनि छ । त्यसैकारणले आज घर अगाडिको तूलसीको मोठ या आँगनीको प्रवेशद्वारबाटै लक्ष्मीका पाईलारुपी रङ्गीन डोबहरुका छाप घरका सम्पूर्ण कोठाहरुमा लगिन्छ । यीनै पाईलाका छाप अनुरुप लक्ष्मीको घरमा प्रवेश हुन्छ भन्ने जनविश्वाश पनि छ ।