स्वास्थ्य

अभोकार्डाे खानुहोस् सौन्दर्य बढाउनुस्

बुधबार, १० कार्तिक २०७३ गते प्रकाशित
- नेपाल आज (DR)

अभोकार्डाे खानुहोस् सौन्दर्य बढाउनुस्

avokardo

कात्तिक १० । कतिपयलाई अभोकार्डो भन्ने फल स्वादिलो नलाग्न सक्छ । स्वाद कसैलाई मन पर्छ, कसैलाई मन पर्दैन । तर यो फल स्वास्थ्य र सौन्दर्यताको दृष्टिले बुहगुणी छ ।

यो फलले छाला चाउरी पर्नबाट जोगाउँछ । यसले अनुहारको खिल हटाउन पनि अभोकार्डो उपयोगी मानिन्छ ।  खाने मात्रै होइन अभोकाडो अनुहारमा दल्नाले प्राकृतिक सौन्दर्य बढ्छ । एभोकाडोमा फ्याटि एसिड, भिटामिन सी र इ प्रशस्त मात्रामा पाइने र एन्टिटोक्सिडान्ट्स हुने भएकाले यसले हाम्रो छालालाई पर्याप्त फाइदा पुर्याउँछ ।