खेल

विश्व तेक्वान्दो महासंघका अध्यक्ष नेपालमा

शनिबार, ०६ कार्तिक २०७३ गते मा प्रकाशित

tae-kwan-do

tae-kwan-doकात्तिक–६ । तेक्वान्दोको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ (डब्लुटिएफ) का अध्यक्ष चोङ वन चो शुक्रबार नेपाल आएका छन् ।

पाँचदिने नेपाल भ्रमणका लागि आएका डब्लुटिएफ अध्यक्ष चो लगायत टोलीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल तेक्वान्दो सघंका अध्यक्ष प्रकास शम्शेर राणा, उपाध्यक्ष हरिश्वर पोखरेल, महासचिव दीपराज गुरुङ लगायत खेलाडीले स्वागत गरेका थिए ।

भ्रमणका क्रममा उनले नेपाली तेक्वान्दोका विभिन्न गतिविधिबारे अध्ययन गर्नेछन् । उनले गौतमबुद्धको जन्मस्थान लुम्बिनी र स्वयम्भूको भ्रमण गर्ने कार्यक्रम रहेको छ । साथै उनलाई नेपाल तक्वान्दो संघले विशेष अभिनन्द गर्नेछ ।