खेल

सरकारद्वारा महिला क्रिकेट टोलीका सदस्यहरुलाई जनही २५ हजार

बुधबार, ०३ कार्तिक २०७३ गते मा प्रकाशित

woman-cricket-team

कात्तिक ३ । सरकारले एशिया कपका लागि छनौट भएको नेपाली महिला क्रिकेट टोलीका सदस्यहरुलाई जनही २५ हजार रुपैयाँ दिने भएको छ । woman-cricket-team हङकङमा भएको महिला विश्वकप एशियाली छनौटमा नेपाल उपविजेता भएको थियो । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले बुधबार उपविजेता टोलीलाई मन्त्रालयमा स्वागत गरे । साथै उनले टोलीका प्रत्येक सदस्यलाई जनही २५ हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।