राजनीति

लोकमानविरुद्ध महाअभियोग लगाउने तयारी, संसद सचिवालय समिति बनाउन अगाडि बढ्यो

बुधबार, ०३ कार्तिक २०७३ गते मा प्रकाशित

samsad-sachibalaya

samsad-sachibalayaकात्तिक ३ । अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध संसद सचिवालयले महाअभियोग समिति निर्माण गर्ने अन्तिम तयारी अगाडि बढाएको छ । सभामुख ओनसरी घर्तीले संसदको कार्यव्यवस्था परामर्श समितिको बुधबार बस्ने बैठकमा महाअभियोग समिति घोषणा गर्नसक्ने तयारी रहेको स्रोतले बतायो । सभामुखले समिति निर्माणका लागि अघिल्लो महिनादेखि नै प्रयास थालेकी हुन् । तत्कालीन समयमा दलहरुबीच सहमति हुन नसक्दा समिति निर्माण हुन सकेको थिएन । पछिल्ला दिन नेपाली कांग्रेस एमाले माओवादी केन्द्र राप्रपा नेपाल र अन्य दलका प्रमुख सचेतक सँग छलफलपछि सबैलाई मिलाएर लैजाने सहमति भएपछि समिति निर्माण हुने आधार तयार भएको हो । –नागरिक दैनिकबाट